कालिकोटः बैशाख २२, कालिकोटमा प्रहरी र स्थानीय सर्वसाधारणबीच झडप हुँदा स्थानीयहरुले प्रहरी दमनको प्रतिरोध गरेका छन् ।
कालिकोटको रासकोट नगरपालिका ७ पुच्छेगाउँमा प्रहरीले सर्वसाधारणलाई भोट हाल्न आउन जर्बजस्ती गरेपछि सर्वसाधारणले त्यसको प्रतिरोध गर्दा सो घटना भएको हो ।
घटना पछि स्थानीयले चुनावी गतिविधिको लागि गाउँ प्रवेशमा निषेधित क्षेत्र घोषणा गरेका छन् ।
झडपमा ७ स्थानीय र ६ प्रहरी घाइते भएका छन् । झडपका क्रममा स्थानीयहरुले प्रहरीको दुई राइफल खोसेर भाँचिदिएका छन् ।
स्थानीय जनताहरुले प्रहरीको दमनको प्रतिरोध गरेको घटना निकै साहसिक भएको अन्य स्थानीयहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्