प्रहरी हस्तक्षेप्रति नेकपा कास्कीको आपत्ति / दमन नरोके कडा संघर्षमा उत्रन्छौं : रुपेश

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी, कास्कीले पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत ३ महिने ‘एकीकृत जनजागरण अभियान’मा प्रहरीले हस्तक्षेप गरेकोप्रति आपत्ति जनाएको छ ।

अभियानको क्रममा बुधबार दिउँसो पोखराको सभागृहबाट कास्कीका ३ जना नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेका छन् । पक्राउ पर्नेहरुमा रविन्द्र राई, रमेश श्रेष्ठ र अग्नि पाण्डे छन् ।

त्यसैगरी बिहीबार राती कास्की प्रशासनले निरंकुश पञ्चायती व्यवस्थाकै झल्को दिने गरी पोखराको विभिन्न स्थानमा भित्तामा लेखिएका नाराहरु सुरक्षाकर्मी परिचालन गरी मेटिएकोप्रति कास्कीका सेक्रेटरी रुपेशले शुक्रबार साँझ एक प्रेस विज्ञप्ति जारी गरी आक्रोष व्यक्त गरेका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन् – ‘दलाल सत्ता र उनका विभिन्न निकायमा बासिन्दा बनेकाहरुले भनेको समाजवाद उन्मुख गणतन्त्रात्मक संविधान र लोकतान्त्रिक अधिकारको खिल्ली उडाउँदै कथित ४ नं. प्रदेशको बैठकलगायतको बहानामा जनविरोधी सिहंदरबारको प्रारम्भिक चेहरा उदाङ्गो पारेका छन् ।’

“मझुवा बस्ती पहिरो पीडित” डोजर लगाउने, पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने, पृथ्वीनारायण क्याम्पसको भ्रष्टाचार काण्डको ढाकछोप गर्ने, गुण्डा र दलालको संरक्षण गर्ने जस्ता दलाल प्रवृत्ति र पात्रको जनविरोधी कदमकोविरुद्ध आवाज उठाउन संघर्ष गर्न बाध्य हुने सेक्रेटरी रुपेशले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२०७४ माघ १९ गते साँझ ७ : ३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :