फिडेल क्यास्ट्रोका छोराको मृत्यु

काठमाडौ : क्रान्तिकारी नेता तथा क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोरा फिडेल एन्जल क्यास्ट्रोको आकस्मिक निधन भएको छ । बिहीबार बिहान क्युबाको सरकारी पत्रिका ग्रान्माले उनको निधनको पुष्टि गरेको हो ।

क्यास्ट्रोको ६८ वर्षको उमेरमा हवानास्थित आफ्नै घरमा मृत्यु भएको हो । केही महिनादेखि एन्जल फिडेल डिप्रेसनको सिकार बन्दै आएका थिए । डिप्रेसनपछि उनलाई केही समय अस्पतालमा राखेर उपचार गरिएको थियो ।

तत्कालीन सोभियत सङ्घमा विज्ञान विषय लिएर पढेका फिडेल एन्जल आणबिक भौतिकशास्त्री हुन् । उनले क्युबा सरकारको सल्लाहकारका रुपमा समेत काम गरेका थिए ।

२०७४ माघ १९ गते दिउँसो २ : ३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :