वैचारीक अभियान चलाउदै नेकपा

अम्बिका चन्द / काठमाडौं : नेकपाले देशब्यापी रुपमा राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मध्य केन्द्रीय कमाण्ड अन्तर्गत रहेका उपत्यका विशेष ब्युरोमा माघ ७ र ८ गते राजनैतिक प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका पोलीट ब्युरो सदस्यहरु शिलु, रणविर, गम्भीर, केन्द्रीय सदस्य एवं उपत्यका ब्युरो इन्चार्ज प्रज्वल, आजाद, नविन र मकर उपस्थित थिए ।

यस्तै पुर्वी ताम्सालिङको ९ र १० गते सम्पन्न भएको छ भने नारायणीको प्रशिक्षण ११ र १२ सम्पन्न भएको छ । यस्तै पश्चिम ताम्सालिङको प्रशिक्षण १३ र १४ गते सम्पन्न भएको छ । यस्तै पश्चिम कमाण्ड अन्तर्गत राप्ती ब्युरोको प्रशिक्षण माघ १४ र १५ गते दाङको घोराहीमा सम्पन्न भएको छ ।

पार्टीका स्थायी समिति सदस्य तथा पश्चिम कमाण्ड इन्चार्ज विषम, ब्युरो इन्चार्ज सुवास पार्टीका केन्द्रीय सदस्यहरु शितल र अटलले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा करिब दुई सय बढि पार्टीका ब्युरो र जिल्ला स्तरिय नेता कार्यकर्ताहरु सहभागी भएका थिए । पश्चिम कमाण्ड इन्चार्ज सन्तोष बुढामगर ‘विषम’, केन्द्रीय सदस्यहरु शितल, सुभास, अटलले आफनो पार्टीले शुरु गरेको तिन महिने अभियानलगायतका विषयमा प्रशिक्षण दिएका छन् । प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका विष्णु ओली र डिल्ली शर्मालाई पार्टी प्रवेश गराइएको केन्द्रीय सदस्य शितलले जानकारी दिएका छन् । यस्तै ६ र ७ गते गण्डक ब्युरोको आन्तरिक प्रशिक्षण कास्कीको पोखरामा सम्पन्न भएको छ ।

उक्त प्रशिक्षणमा कमाण्ड इन्चार्ज विषमसँगै पोलीट ब्युरो सदस्य ओमप्रकाश पुन केन्द्रीय सदस्य द्वय आस्था र मामाले पनि प्रशिक्षण दिएका थिए । यसैगरी ५० जना सहभागी धौलागिरी ब्युरोको प्रशिक्षण ८ र ९ गते  सम्पन्न भएको छ । यस्तै  १० र ११ गते लुम्बिनी ब्युरोको प्रशिक्षण रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । एक सय पचास सहभागी भएको प्रशिक्षणमा ब्युरो इन्चार्ज एवं पोलिट ब्युरो सदस्य विरजंग र केन्द्रीय सदस्य विजयले प्रशिक्षण दिएको पश्चिम केन्द्रीय कमाण्ड कार्यालय श्रोतले जानकारी दिएको छ । 

यस्तै पूर्वी कमाण्ड अन्र्तगतका सबै ब्युरोहरुमा आन्तरिक बैठकहरु सम्पन्न भएका छन् । अब छिटटै राजनैतिक प्रशिक्षणहरु पनि चलाईने कमाण्ड इन्चार्ज  विहरीले जानकारी दिएका छन् । उता सुदुरपश्चिम केन्द्रीय कमाण्ड अन्तर्गत  ११ र १२ गते कर्णाली ब्युरोको प्रशिक्षण सम्पन्न भएको छ भने १५ गते भेरी ब्युरोको प्रशिषण सम्पन्न भएको छ । सबै प्रशिक्षणहरुमा पोलिट ब्युरो सदस्यहरु र केन्द्रीय सदस्यहरु सहभागी भएको बताइएको छ । 

२०७४ माघ १९ गते मध्यान्न १० : ४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :