भ्रष्टाचार गर्नेमाथि जनकार्वाही हुने

काठमाडाैंः हिजो आज स्थानीय सरकारले गाउ–गाउमा जनतालाई लुटिरहेको जनगुनासाहरू सार्वजनिक हुन थालेका छन् । निर्वाचन पछि गठन भएको स्थानिय निकायले विभिन्न शिर्षकमा चर्को कर उठाउने गरेको भन्दै विभिन्न ठाउमा स्थानीयहरूले गुनासो गरेका छन् । शान्ति सुरक्षा र विकासको नारा दिने तर जनतालाई लुटने गरेको गुनासो आफुकँहा आउने गरेको नेकपाका स्थानीय नेता कार्यकर्ताहरू वताउछन । यसैविच नेकपा सल्यानले जनताका विपक्षमा हुने कुनै खालका गतिविधि गर्ने, विकास निर्माणका नाममा अनियमितता र भ्रष्टाचार गर्नेहरूलाई जनकारवाही गर्ने वताएको छ । विकासका कुनै पनि पूर्वाधार नै नभएका ठाउमा विकासमा नाममा सरकारी कोषको रकम अनियमितता भएको जनगुनासो आएको नेकपाका कार्यकर्ताहरूले वताएका छन् । यसैबिच एमाले र माओवादी केन्द्रका तीन दर्जन बढि जिल्ला स्तरीय नेता कार्यकर्ताहरू आफनो पार्टीमा प्रवेश गरेको पनि नेकपा सल्यानले जनाएको छ । यस्तै एक अर्को समाचार अनुसार हुम्ला र मुगुका लागि पठाइएको खाद्यान्नमा दोहोरो कर उठाएर जनतालाई मारमा पारेको भन्दै नेकपाका कार्यकर्ताले खाद्यान्न ढुवानी रोकिदिएका छन् । उनीहरूले स्थानियबाट उठाउने दोहोरो कर बन्द गर्न माग गर्दै नुन चामल लगायतका खाद्यान्न सामाग्री बोकेका तिनसय भन्दा बढि खच्चड विचबाटोमै रोकिदिएका छन् । स्थानीयलाई मर्का पर्ने गरी लागु गरिएको दोहोरो कर प्रणाली हटाएपछि मात्र ढुवानी गर्न दिने नेकपाका स्थानीय कार्यकर्ताहरूको भनाई छ । स्रोत : रातो खबर साप्ताहिक, अङ्क ३२, पूर्णाङ्क १२७

२०७४ माघ १० गते दिउँसो १ः३८ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :