निरीक्षक खड्का ३ लाख घुससहित पक्राउ

काठमाडौं : महानगरिय प्रहरी कार्यालय, परिचालन कक्ष रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रेशमबहादुर खड्का ३ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयको टोलीले बालाजु माछापोखरीबाट पक्राउ गरेका छन् । राजधानीको पेप्सिकोलामा रहेको स्किम बचत तथा ऋण सहकारी संस्था घाटामा गएपछि सञ्चालकको तर्फबाट गरिएको ग्यारेन्टी कागज आफैसँग राखी सो कागज उपलब्ध गराउन बार्गेनिङ्ग गरेर खड्काले ३ लाख रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

२०७४ माघ ८ गते अपरान्ह ४ : २७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :