सल्यानमा यात्रुबाहक साधन दुर्घटना / ३ को मृत्यु, ३० घाइते

कठमाडौं : रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको यात्रुबहाक साधन सल्यानको त्रिवेणी ६, भाटखोलामा दुर्घटना भएको छ । उक्त घटनामा परि हुँदा ३ जनाको मृत्यु, ३० जनाको घाइते भएका छन् । सडकबाट डेढ सय मिटर तल यात्रुबाहक साधन खसेको प्रहरीले जनाएको छ । गाडीमा कति सवार थिए भन्ने खुलेको छैन । उद्वार गरिएकाहरूको मोडल अस्पताल र कान्तिपुर मेडिकल, श्रीनगरसहित जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि दाङ र बाँके लैजाने तयारी भइरहेको बताइएको छ ।

२०७४ माघ ८ गते दिउँसो ३ : ५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :