स्थानीय सरकारले मनपरि कर उठाउन थालेपछि नेकपाले गर्‍यो कारवाही

काठमाडौं : स्थानीय सरकारले मनपरि कर उठाउन थालेपछि नेपाल कम्युनिस्ट पार्टीले चामल बोकेका ६० खच्चडलाई नियन्त्रणमा लिएको छ । स्थानीय तहले बाटोबाटोमा कर उठाउन थालेपछि हुम्लाको लागि नेपाल खाद्य संस्थानको चामल बोकोका खच्चडलाई रोकेको हो । मुगु र हुम्लाको सिमनामा पर्ने चंखेलीमा उक्त खच्चडलाई रोकेको छ । स्थानीय करको नाममा मुगुमा प्रति किलो ३० रुपैयाँ र चंखेलीले गाउँपालिकाले २० रुपैयाँ उठाउन थालेपछि नेकपाका कार्यकर्ताहरुले खच्चरलाई रोकेका हुन् । त्यसैगरी जति स्थानीय तह बाटोमा छन् ती सबैले आफू खुशी कर उठाउन थालेका छन् । बाटोबाटोमा कर उठाउन थालेपछि चामल सर्वसाधारणले किनेर खान नसक्ने गरी महंगो हुने बताउँदै नेकपाले बाटोबाटोमा उठाउने कर नलिने प्रतिवद्धता नगरेसम्म खच्चर नछोड्ने बताएको छ ।

२०७४ माघ ८ गते दिउँसो १ : ५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :