निर्देशक शर्माकाे विदाई

काठमाडौं : रातो खबर प्रकाशन गृहले प्रकाशन गृहका निवर्तमान निर्देशक अनिल शर्मा ‘विरही’ लाई विदाई गरेको छ । प्रकाशन गृह अन्र्तगत सञ्चालित रातो खबर साप्ताहिक र ई–रातो खबर अनलाइनका निर्देशक रहेका विरहीलाई शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि विदाई गरिएको हो । रातोखबर साप्ताहिकका संस्थापक तथा प्रकाशन गृहका वर्तमान निर्देशक गुणराज लोहनीले खादा ओडाएर विरहीलाई विदाई गर्नुभएको हो । विदाई कार्यक्रममा निवर्तमान निर्देशक विरहीले आजको युगमा संचार गृहको महत्व निकै बढ्दै गएको बताउदै पहिले कमैले विश्वास गरेको रातोखबर प्रकाशन गृहले निरन्त प्रगति गर्दै अघि बढेको बताउनु भयो । विदाई कार्यक्रमको अध्यक्षता निर्देशक गुणराज लोहनीले गर्नुभएको थियो भने संचालन प्रकाशन गृहका प्रबन्ध निर्र्देशक भिम चापागाईंले गर्नुभएको थियो ।

२०७४ माग ५ गते  साँझ ५  :५७ मा प्रकाशित 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :