इन्जिनियरिङ कलेजको ब्रह्मलुट

अम्बिका चन्द / काठमाडौंं : सामाजिक संस्थाको रूपमा सेवामूलक उद्देश्य राखी स्थापना भए पनि प्रायःजसो शिक्षण संस्थाहरूले ब्रह्मलुट मच्चाइरहेका खबरहरू बेला–बेलामा सार्वजनिक हुने गर्दछन् । त्यस्ता शिक्षणसंस्थाहरूले विद्यार्थीहरूको ढाड सेक्नेगरी विभिन्न शीर्षकमा चर्को शुल्क असुल्ने र नाफा पनि शिक्षणसंस्थाका संचालकहरूले कुम्ल्याउने गरेका थुप्रै दृष्टान्तहरू भेटिन्छन् ।यस्तै मुनाफारहित र सेवामूलक उद्देश्यका साथ सामाजिीक संस्थाका रूपमा २०५१ सालमा नेपाल इन्जिनियरिङ कजेल भक्तपुरको स्थापना गरिएको थियो । तर, अहिले कजेलले सामाजिक संस्थाको आवरणमा ब्रह्मलुट गरिरहेको स्वयं कलेजका संचालकहरू स्वीकार गर्दछन् । सुरुमा जम्मा ३५ लाखभन्दा बढी रकम लगानी गरी संचालन गरिएको उक्त कलेजले अहिले वार्षिक ७ करोडभन्दा बढी नाफा कमाइरहेको छ । तर त्यो रकम कलेजको शैक्षिक कार्यक्रममा लगानी हुँदैन र संचालकहरूले बाँडेर खाने गरेका गर्दछन् ।

कलेजका संस्थापक सदस्यसमेत रहेका संचालक लम्बोदर न्यौपानेले कलेजलाई सामाजिक संस्थाबाट निजी हुनेगरी आफ्नो नाममा प्रालिमा दर्ता गरेपछि उक्त कलेजको आर्थिक हिनामिना भएको छ र हिसाब पारदर्शी छैन । यसरी आर्थिक हिनामिना हुन थालेपछि त्यसप्रति चिन्ता व्यक्त गर्दै कजेलका संचालक एवं संस्थापक प्रिन्सिपलसमेत रहेका दिपक भटराईले सामाजिक संस्था कलेजबाट प्राप्त भएको नाफालाई निजी तवरले प्रयोग गर्नु गलत भएको बताएका छन् । गतसाता रातो खबर साप्ताहिकलाई अन्तर्वार्ता दिँदै भट्टराईले संचालक समितिका सदस्यहरूले कलेजबाट खाएको रकम फिर्ता गर्न मागसमेत गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय र पछि पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको कलेजका अन्य संचालकहरूमा रामरत्न उपाध्याय, लवराज भट्टराई, उपेन्द्र गौतम, हरिप्रसाद पाण्डे, सूर्यबहादुर केसी, सोमप्रसाद मिश्र, लम्बोदर न्यौपाने, सलिल भट्टराईलगायत १० जना रहेका छन् । 

२०७४ माघ ४ गते बिहान १० : ५० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :