स्याङ्जामा भित्तेलेखन

स्याङ्जा : प्रतिगामी उत्पादन सम्बन्ध र त्यसमाथि आधारित पुँजीवादी राज्यसत्ताको अन्त्य गरी समाजवादी राज्यसत्ता स्थापनाको लक्ष्यसहित वर्गसंघर्षको मैदानमा रहेको नेपाल कम्युनिष्ट पार्टीले स्याङ्जा जिल्लामा भित्तेलेखनको माध्यमबाट प्रचारप्रसारलाई तीव्रता दिएको छ ।

‘दलाल संसदीय व्यवस्था खारेज गरौं, वैज्ञानिक समाजवाद स्थापना गरौं, एकीकृत क्रान्ति जिन्दावाद’ लगायतका नाराहरु स्याङ्जाको भालु पहाड हुँदै मिर्मी जिरो किलोमिटरसम्मका विभिन्न ठाउँहरुमा लेखिएको छ । गाडीमा यात्रा गर्दै गर्दा र दैनिक कामकाजमा आवतजावत गर्ने क्रममा यी नाराहरु सर्वसाधारण सबै जनताले पढ्ने र मनन् गर्ने गरेका छन् ।

कुनै पनि पार्टीको वैचारिक आधार प्रष्ट नहुने हो भने ढिलोचाँडो उसको राजनीतिक सामथ्र्य क्ष्ँय हुन्छ । वैचारिक सांगठनिक गतिशीलता कायम राख्न नसक्ने पार्टी जनताको विश्वास गुमाएर चाँडै इतिहासको विषय समेत बनेका छन् । पार्टीको विचार र राजनीतिलाई निरन्तर गतिशीलता दिँदै समाज र देशलाई परिवर्तनको दिशामा अगाडि बढाउन भित्तेलेखन कार्यलाई व्यापकता दिइएको स्याङ्जा जिल्ला पार्टीले जनाएको छ । स्रोत : रातो खबर साप्ताहिक, पर्ष ३, अंक ३१, पूर्णाङ्क १२६

२०७४ माघ ३ गते दिउँसो १  : ०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :