दलित मुक्ति आन्दोलनको अबको बाटो : चन्द्रबहादुर नेपाली

दमनद्वारा शान्त पारिएको समुदाय नै दलित हो । समाजमा हक, इज्जत, प्रतिष्ठा समान रूपले प्राप्त गर्न नसकेको वा नदिइएको समुदाय दलित समुदाय हो । धर्म, राज्यसत्ता र कानुनको आधारमा सयौँ वर्षदेखि सामाजिक रूपमा ‘अछुत’ बनाइएका तथा राजनीतिक, आर्थिक, प्रशासनिक, शैक्षिक, सामाजिक क्षेत्रका समान अवसरबाट बञ्चित गराइएका, सांस्कृतिक क्षेत्रमा पिछडिएका, सामाजिक कुरीति र अन्धविश्वासले ग्रस्त शोषित–उत्पीडित श्रमजीवी वर्ग नै दलित समुदाय हो ।

वैदिककालको अन्ततिर गरिएको बाहुन, क्षेत्री, वैश्य र शूद्रबीचको सामाजिक श्रम विभाजनले शूद्रलाई तल्लो र क्रमशः अरूलाई उच्च वर्णको दर्जा प्रदान ग¥यो । शुद्रअन्तर्गत मानिने दलित समुदायका कर्म र सेवा अधिकांशतः उत्पादनमूलक कार्यस“ग सम्बन्धित रहेका छन् तर श्रमप्रति घृणा गर्ने सामन्तवर्गका लागि भने यी तुच्छ रहेका छन् । श्रमलाई अनादर गर्ने यसै सामन्ती चिन्तनका कारण दलित जनताले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा निकै भयावह उत्पीडन, शोषण र दमनमा पिल्सिँदै आउनुपरेको छ ।

दासप्रथा र ब्रा≈मणवादको प्रारम्भिक विकासस“गै दलितहरूलाई दासको श्रेणीमा राख्ने काम गरियो । मनुस्मृतिसहितका ब्रा≈मणवादी विधिसंहिताहरूले दलितलाई अन्य जातको सेवक घोषित गरे । आर्थिक रूपमा हेर्दा यो दास–स्वामी समाज मुख्यतः सामन्तवादी समाजको शिल्पकर्म र विविध सेवास“ग सम्बन्धित रहेको छ । सामन्तवादी समाजमा दलितहरू दस्तकारिता र उच्च वर्गको सेवाका विविध काममा संलग्न रहिआएका छन् । उनीहरूलाई अध्ययन गर्नबाट बञ्चित गरियो र धार्मिक अनुष्ठान, सामाजिक चाडवाड, विवाह, जन्म, मृत्युसहितका सामाजिक गतिविधि, आचार–व्यवहार आदि क्षेत्रमा अन्य वर्णबाट पूरै पृथक राख्ने र अछुत मान्ने गरियो ।

दलित समस्या र यसका विविध रूपहरू

दलित समस्या मूलतः सामन्तवादी उत्पादन सम्बन्धको उपज हो । दलित समुदाय वास्तवमा ऐतिहासिककालदेखि नै दास वा अर्धदासका रूपमा मुख्यतः सामन्तवादद्वारा उत्पीडित हु“दै आएको विशिष्ट प्रकारको सर्वहारावर्ग हो । गणतन्त्र स्थापनापछि पनि दलित समस्या ज्यु“का त्यु“ कायमै छ । दलित समस्याको प्रकृति विशिष्ट रहेको देखिन्छ । यहा“ उत्पीडनका रूप धेरै छन् तर यो कुनै जातीय, क्षेत्रीय, धार्मिक, भाषिक उत्पीडन होइन । दलित समस्या मूलतः सामाजिक तथा सांस्कृतिक उत्पीडनको समस्या हो । तर यत्तिले मात्र दलित समस्याको वास्तविक अन्तर्य बाहिर आउन सक्दैन । वस्तुतः दलित समुदायमाथि हु“दै आएका उक्त उत्पीडनहरूमध्ये आर्थिक उत्पीडन आधारभूत हो र त्यो राजनीतिक उत्पीडनमा केन्द्रित बन्न गएको छ ।

दलित समस्याका विविध रूपहरू रहेका छन् । तिनीहरूलाई मुख्यतः चार बु“दामा उल्लेख गर्न सकिन्छ । पहिलो–सामाजिक भेदभावको समस्या, दोस्रो– आर्थिक उत्पीडनको समस्या, तेस्रो–सांस्कृतिक समस्या र चौथो–राजनीतिक उत्पीडनको समस्या । उच्च जात र दलित समुदायका मानिसहरू अर्काको घरमा जानु, खानु, पिउनु, धार्मिक तथा सामाजिक कामहरूमा एउटै ठाउ“मा बस्नु, विहेवारी गर्नु आदि वर्जित छ । दलितहरूको पनि जीवनपद्धति, सोचाइ र व्यवहार असल र अनुकरणीय हुन्छ भन्ने मान्यतालाई स्वीकार गरिँदैन । उत्पादक शक्तिको मन्द विकास, प्राकृतिक अर्थतन्त्र र सामन्ती उत्पादन सम्बन्धको प्रभुत्वको कारण दस्तकारिता र सेवाका कामहरू पु“जीवादी ढंगले विकसित हुन सकेनन् । त्यसै क्रममा नेपालमा साम्राज्यवादको हैकम बढ्दै गयो । फलतः फलाम, सुन, छाला, कपडासहित दस्तकारिताको क्षेत्रमा काम गर्ने दस्तकारहरू एकातिर सामन्तवादी उत्पीडनको चपेटामा परिरहे भने अर्काेतिर साम्राज्यवादको घुसपैठद्वारा विस्थापितसमेत बन्दै आएका छन् । दलितहरूलाई राजनीतिक स्थान दिइयो भने आपूmहरू तल परिन्छ भन्ने उच्च जातका मानिसहरूको सोचाइ छ ।

दलित समस्याको सही समाधान

नेपालमा दलित समस्यालाई बुझ्ने र त्यसको समाधान गर्नेबारे विभिन्न कोणबाट चर्चा, परिचर्चा हु“दै आएको छ । उदारतावादी कोणबाट, साम्राज्यवादी कोणबाट, संशोधनवादी कोणबाट र आमूल परिवर्तनको कोणबाट । दलित समस्यालाई वर्गीय होइन, जातको समस्या ठान्नेहरू पनि छन् । आरक्षण प्रणालीद्वारा अंशतः र बिस्तारै–बिस्तारै दलित समस्या समाधान गर्न खोजिएको छ । दलित समस्यालाई हिन्दु धर्मको अन्धविश्वासको उपज ठान्नेहरू पनि छन् र उनीहरू यसैमा खेल्न खोज्दछन् । दलित समस्याप्रति रुचि देखाउनुको पछाडि उनीहरूको स्वार्थ जोडिएको छ । इसाई धर्मको प्रचार–प्रसार र अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूको विस्तार गरेर उत्पीडित जनतामा नया“ भ्रम छर्नु, आफ्ना दलालहरू तयार पार्नु र क्रान्तिको गला रेट्नु उनीहरूको उद्देश्य हो ।

 

कुनै मौलिक सोचविना दलित मुक्तिको कुरा गर्नेहरू पनि छन् । उनीहरूको उद्देश्य भनेको दलितहरूलाई सुधारका गुलिया आश्वासनहरू चटाउनु र भरपर्दाे भोट बैंक बनाउनु रहेको छ । बढीमा उनीहरू संसदीय पु“जीवादी व्यवस्थाअन्तर्गत दलितहरूको पक्षमा केही नियम कानुन बनाउन चाहन्छन् । दलित समस्यालाई वैज्ञानिक ढंगले बुझ्ने र समाधान गर्ने कोण भनेको सच्चा वामपन्थी र क्रान्तिकारीहरूको कोण हो । यो द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणमा आधारित छ । त्यो भनेको नया“ जनवादी क्रान्ति हो ।

वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुभन्दा अगाडिको संक्रमणकालीन चरण नै नया“ जनवादी क्रान्तिको चरण हो । नया“ जनवादी क्रान्ति भनेको सामन्तवाद–साम्राज्यवाद विरोधी पु“जीवादी जनवादी कार्यक्रम हो । सामन्तवर्ग र साम्राज्यवादीहरूको शोषण र शासनलाई खत्तम गरी मजदुर किसान र देशभक्त पु“जीवादीहरूका प्रतिनिधिहरू मिली बहुसंख्यक जनताको हितमा काम गर्न सरकार बनाउने सामाजिक व्यवस्था नै नया“ जनवाद हो । यसलाई क्रान्तिकारी वर्गको अधिनायकत्व पनि भनिन्छ । सामन्तवादी र साम्राज्यवादी उत्पीडनलाई ध्वस्त पारी आम जनसमुदायस“ग एकताबद्ध भै नया“ जनवादी सत्ताको स्थापना गरेपछि मात्र दलित समस्या वास्तविक अर्थमा समाधान गर्न सकिन्छ ।

चुकेको दलित मुक्ति आन्दोलन

आन्दोलनको लक्ष्य र संघर्षको स्वरूपबीच द्वन्द्वात्मक अन्तरसम्बन्ध हुन्छ र त्यसलाई कसैले मनोगत ढंगले चाह“दैमा फेरवदल गर्न सक्दैन । दलित मुक्ति आन्दालेनको साझा लक्ष्य जातीय भेदभाव तथा छुवाछूत प्रथाको समूल अन्त्य र समतामूलक समाजको निर्माण हो । आन्दोलन वा संघर्षले बाहिरी रूप र भित्री सार दुवैमा आमूल परिवर्तन ल्याउनुपर्दछ । मानव मुक्तिका निम्ति लडिएका युद्धहरू नै वास्तवमा क्रान्ति हुन् र तिनै क्रान्तिहरूले मानव जातिको भविष्यको बाटो कोर्ने गर्दछन् । सही विचार, क्रान्तिकारी नेतृत्व र वैज्ञानिक कार्यान्वयनको प्रक्रियाद्वारा नै क्रान्ति सफलतामा पुग्दछ ।

जातीय भेदभाव तथा छुवाछूत मुक्तिको माग मात्र तेस्र्याउने र खालि सैद्धान्तिक सम्भावनाको कुरा मात्र गर्ने प्रवृत्तिले आन्दोलनको साझा लक्ष्य प्राप्त हुन्छ भनेर सोच्न सकिने स्थिति हु“दैन । सात दशकको दलित मुक्ति आन्दोलन राजनीतिक–सामाजिक संरचनामा कुनै ठूलो चुनौती तेस्र्याउन सक्ने हैसियतसम्म पुग्न नसक्नु विडम्बनाको विषय बनेको छ । अनेक अस्पष्टता र मागमा पनि व्यापक अन्योलता दलित मुक्ति आन्दोलनका बाधक हुन् । त्यस्तै, राजनीतिक दलभित्रको सामान्तवादी प्रवृत्ति र दलित मुक्ति आन्दोलनभित्रको चरम अवसरवादीहरूको आत्मकेन्द्रित मनोवृत्तिले पनि दलित मुक्ति आन्दोलनलाई अल्मल्याएको छ । एजेन्डाभन्दा बाहिर गएर व्यक्तिकेन्द्रित राजनीति गर्ने सोंचभन्दा माथि उठ्नु जरुरी छ । साझा एजेण्डा र साझा रणनीति बनाएर अगाडि बढ्ने कुरामा दलित मुक्ति आन्दोलन चुकेको छ ।

निष्कर्ष

कामको आधारमा जाति विभाजन र त्यसपछि जातीय भेदभाव तथा छुवाछूत प्रथाको चलनबाट प्रारम्भ भएको दलित समुदायमाथिको शोषण, दमन, अन्याय, अत्याचार र भेदभाव अझैसम्म पनि कायमै छ । जुन चीजको अस्तित्व छ, त्यसको विनास हुन्छ भनेर द्वन्द्ववादले बताउ“छ । हरचीज निरन्तर परिवर्तन र विकासको स्थितिमा हुन्छ । हरेक विपरीत चीजहरूको बीचमा अन्तर्विरोध हुन्छ । त्यसलाई निश्चित ठाउ“ र समयमा ठीक ढंगले हल गर्नु नै सम्भावनाको ढोका खोल्नु हो । द्वन्द्ववादले क्रान्तिको लागि तत्कालीन रूपमा शक्तिशाली वर्गलाई हेर्दैन किनभने द्वन्द्ववादी सिद्धान्तअनुसार जस्तो शक्तिशाली देखिए पनि पुरानोको अनिवार्य ह्रास हुन्छ, पतन हुन्छ, यो निश्चित हो ।

वर्ग विभाजित समाजमा वर्गसंघर्ष हुन्छ । दलित मुक्ति आन्दोलन पनि वर्गसंघर्षकै एउटा अंश हो । जबसम्म वर्गीय आन्दोलनद्वारा सामन्तवादको अवशेषको रूपमा रहेको दलाल पु“जीवाद र यसद्वारा पालित–पोषित ब्रा≈मणवादको अन्त्य हु“दैन, तबसम्म दलित मुक्ति पनि सम्भव छैन । दलित मुक्ति आन्दोलनलाई वर्गसंघर्षस“ग जोडेर अभिन्न अंगको रूपमा विकास गर्नु आजको आवश्यकता हो । यसका लागि वर्ग समन्वयको विरुद्ध वर्गसंघर्ष, क्रान्तिकारी संगठन, संघर्षलाई अवलम्बन तथा बल प्रयोगको सिद्धान्त व्यवहारमा लागु गर्दै लैजानुपर्दछ । सही विचार, राजनीति, योजना र विधिको अंंगीकार गर्नु र त्यसलाई जीवन व्यवहारमा प्रयोग गर्नु जरुरी छ ।
स्रोत रातो खब साप्ताहिक, वर्ष ३, अड्ढ ३०, पूर्णाङ्क १२५

२०७४ माघ २ गते दिउँसो १ : ४० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :