कराँचीदेखि कलकत्तासम्म : हावर्ड फास्ट

चर्चित अमेरिकी लेखक हावर्ड फास्ट जुलाई, अगस्त १९४५ मा भारत भ्रमणमा थिए । उनलाई ‘कोरानेट’ अखबारले दोस्रो विश्वयुद्धको समयमा चीन, बर्मा र भारतको यात्रा गरेर युद्धको विषयमा लेख्न पठाएको थियो । उक्त अवसरमा फास्टले गान्धीसँग अन्तर्वार्ता लिनुभयो । उनले ब्रिटिस साम्राज्यवादद्वारा बंगालमा थोपरिएको भीषण ज्यादती, अकाल आफ्नै आँखाले देखेका थिए । त्यसलाई उनले नरक भनेका थिए । जसका कारण उनीधेरै दिन कलकत्ता बस्नसमेत सकेनन् । उनले कलकत्तामा भएको ब्रिटिसको ज्यादती तथा अपराधलाई हिटलरको होलोकोस्ट काण्डभन्दा पनि भयानक र ज्यादतीपूर्ण भनेका थिए । फास्टले सो यात्रा वृत्तान्त अमेरिकी कम्युनिस्ट पार्टीको अखबार ‘द न्यू मासेज’ मा लेख्न चाहे तर सो पत्रिका उनको लेख छाप्न तयार भएन । आफ्नो उपन्यासमा त्यस विषयमा फास्टले विस्तारपूर्वक लेखेका छन् । आफ्नो आत्मकथा ‘विइङ रेड (१९९०) मा प्रकाशित सोही कृतिको भारत प्रसङ्ग पृष्ठ (११२–१२८) यहाँ नेपाली भाषी पाठकका लागि साभार प्रकाशित गरिएको छ)

कम्युनिस्ट पार्टीको जनसभा

म सधैँ जिज्ञासु रहन्थेँ । त्यसकारण अर्को दिन म कम्युनिस्ट पार्टीद्वारा आयोजित एउटा सभामा गएँ । सभामा छलफलको क्रमपछि एकजना ब्रिटिस युवा मेरो नजिक आए । उनी मसँग एक्लै छलफल गर्न चाहन्थे । उनले मलाई एउटा कुनातिर लगे । कुनै औपचारिकताबिना नै उनले सोधे “फास्ट ! के तिमी कम्युनिस्ट हौ ?” म के भनाँै के भनौँ जस्तो भएँ । मैले धेरैबेर उसको प्रश्न सोचिरहेँ र ऊ भने प्ररर बोलिरहेको थियो । बान्दर भाकपा दिल्ली शाखाको प्रमुख रहेको जानकारी उसले गरायो । म कम्युनिस्ट भएदेखि दिल्ली पार्टी सचिव बान्दर मसँग छलफल गर्न चाहेका रहेछन् ।

म कम्युनिस्ट यसो उनलाई किन लागेछ ? मैले उनलाई प्रतिप्रश्न गरेँ । शरीम महोदयसँग पार्टी सचिवले मेरो विषयमा कुरा गरेको त्यो युवाले बतायो । शरीमको कुरा सुनेर उसलाई म कम्युनिस्ट होला भन्ने लागेको रहेछ । ‘कामरेडले मसँग के कुरा बुझ्न चाहेका रहेछन् त ?’ मैले त्यो अंग्रेज युवासँग फेरि सोधेँ । ती कामरेड ब्रिटिस गुप्तचर संस्थाका व्यक्ति होइन भनेर मैले कसरी यकिन गर्न सक्छु ? रातो कपाल, निलो आँखा भएको त्यो केटालाई शिरदेखि पाउसम्म हेर्दै मैले भनेँ ।

उसले आङ तन्काउँदै ब्यारेकमा हुँदा आफू जब्बर आइरिस र कट्टर कम्युनिस्ट भएको नौसेनाका प्रमुखलाई थाहा थियो । उनीहरू मसँग गुप्तचरको जस्तो व्यवहार गर्थे । प्रमाणको अभावमा कारबाही भने गर्न सकेका थिएनन् । मलाई एकै वर्षमा दुईपटक बर्मा पठाए । त्यहाँ जापानसँग युद्ध चलिरहेको थियो । म त्यहीं मरोस् भनेर पठाइएको थिएँ भनेर उसले सुनायो । यी सबै कुराहरू भएपछि म बान्दर शरीम महोदयसँग भेट्न राजी भएको थिएँ ।

गुप्तचरहरूको संगठन

दिल्लीको एउटा कुनामा हाम्रो भेटघाट भयो । एउटा सानो पक्की घर थियो । सेतो रङ पोतेको चिटिक्क परेको घर रहेछ । जसमा दुईओटा कोठा थिए । जसमध्ये एउटा कोठामा हामी थियौँ ज्याक मेक्लोस्की, त्यही युवा आइरिस, बान्दर शरीम, अरू ३ जना भारतीय कम्युनिस्ट र म थियौँ । बान्दर शरीम लामो अनुहार, लामो नाक भएका गम्भीर खालका थिए । अरूको नापनक्सा यतिबेला धुमिल भइसकेको छ । तीमध्ये एकजना खोच्याएर हिंड्थे । मेक्लोस्की (काल्पनिक नाम) ले उनको विषयमा रोचक कथा सुनाएका थिए ।

उनको अनुसार अंग्रेजहरू भारतीयहरूलाई गुप्तचर नियुक्त गर्थे । हरेक कम्युनिस्ट पछाडि गुप्तचर छोडिएको हुन्थ्यो । ती अपाङ्गले गुप्तचरलाई नै साथी बनाए । त्यसको भेद खुलेपछि ब्रिटिस सरकारले उनको गोडा भाँचिदिएको थियो । घाउ राम्ररी सन्चो हुनसमेत दिइएन । जसका कारण उनी आजीवन अपाङ्ग भए । त्यसबाट थाहा हुन्छ त्यहाँ कस्तो स्थिति थियो । ब्रिटिस राजमा त्यस्ता कैयौँ घटना भइरहन्थे ।

अमेरिकी कम्युनिस्ट पार्टीलाई सन्देश

यो भेटघाटको उद्देश्य सिधासादा थियो । त्यस समयमा जेने डेनिस अमेरिकी कम्युनिस्ट पार्टीका महासचिव थिए । उनीहरू डेनिससँग मेरो सम्बन्ध कस्तो छ जान्न चाहन्थे । डेनिससँग मेरो कहिल्यै भेट नभएको र उनको विषयमा आफूलाई कुनै जानकारी नभएको बताउन बाध्य थिएँ । के तपाईं उहाँसँग भेट्न सक्नुहुन्छ ? उनीहरूले सोधेका थिए । म उनीसँग भेट्न सक्छु भन्ने मलाई थाहा थियो । उत्तर (अमेरिकी कम्युनिस्ट पार्टीको साप्ताहिक अखबार ‘द न्युज म्यासेज’ का सम्पादक) अथवा लायनमेन बरमैन (पार्टी सांस्कृतिक मोर्चामा प्रमुख) त्यसको व्यवस्था गर्छन् । मैल उनीहरूलाई सकारात्मक जबाफ दिएको थिएँ ।

शरीमले मलाई अब भारत स्वतन्त्र हुँदैछ भन्ने सन्देश पुर्‍याउन भनेका थिए । भारत स्वतन्त्रताको सँघारमै उभिएको छ । एकवर्षभित्रै भारत स्वतन्त्र भइसकेपछि (त्यो कुरा मलाई राम्ररी सम्झना छ) । हामी ४० करोड भारतीय एकसाथ थुक्न मुखमा प्याल निकालेर बसेका छौँ । हामीले थुक्यौँ भने मात्र पनि अंग्रेजहरू बगेर समुद्रमा डुब्नेछन् । अमेरिकी कम्युनिस्ट पार्टीले भारतीय कम्युनिस्ट आन्दोलनको विषयमा जान्नुपर्छ । अमेरिकीहरूले हामी कति कठिनाइमा छौँ भन्ने बुझ्नुपर्छ । हामी के गरौँ ? हामीलाई तपाईंहरूको सहयोगको खाँचो छ । यी सब कुरा जेने डेनिसलाई गएर भनिदिनू ।

मैले दिल्ली हवाई अड्डाका प्रमुखलाई आफूलाई इतिहास संवाददाता नियुक्त गर्न अनुरोध गरेको थिएँ । त्यसलाई वास्ता गरिएन र एउटा सोचक टिप्पणी गरियो । त्यो कुरा मलाई अझैसम्म राम्रै सम्झना छ । तिमी कस्ता मान्छेको संगतमा छौ महोदय ! दिल्लीमा मैले कोकोसँग भेटघाट गरेको थिएँ भन्नेतिर उनको संकेत थियो । तर कुरा त्यसो होइन रहेछ । जब म भारत बाहिर जान प्रक्रिया सुरु गरेँ तब मलाई अल्झाइयो । कैयौँ हप्ता त्यत्तिकै बित्यो । अन्तिममा मैले हेनरी ए बेलारालाई चिट्ठी लेखेर मद्दत मागेँ । त्यसको एक हप्तापछि मेरो राहदानी फिर्ता गरियो । काहिरामा गरिएको मेरो भाषणका कारण मलाई वामपन्थी हुन सक्ने आरोपमा राहदानी रोक्का गरेको बताइयो । उक्त अधिकारीले आफूहरू सोभियत संघसँग नरहेको बारम्बार दोहोर्‍याइरहन्थे ।

दिल्ली–कलकत्ता रेलयात्रा

ती कारणले दिल्लीदेखि कलकत्तासम्म मलाई रेलमा यात्रा गर्नुपर्ने भयो । त्यसका लागि ३ दिन लाग्यो । रेलयात्रा त्यत्ति रोचक होला भन्ने लागेको भए म जहाजको झन्झटमा लाग्ने नै थिइनँ । बिहान सखारै म दिल्लीबाट निस्केको थिएँ । एकजना सहयोगीले मलाई रेलस्टेसनसम्म पुर्‍याइदिएका थिए ।

त्यसअघि स्टेसनमा पुग्दा पातलो सेतो कपडा लगाएका मान्छेको हुल उर्लिएको थियो । मान्छेहरू धकेलाधकेल गरिरहेका थिए । सफा कार्पेटमा बस्न हतारिझैँ गर्थे । तर आज स्टेसनमा नयाँपन थिएन । महिला, पुरुष र बच्चाहरूको भीडभाड थियो । कुम्ला र बोरामा यात्रुहरू आफ्ना सामान बोकिरहेका थिए । टोकरी, बाख्रा, कुखुरा सबै बोकेका हुन्थे । स्टेसनमा यत्रतत्र आगो बालेर यात्रुहरू खाना पकाइरहेका हुन्थे । जताततै अनौठो, हतारपतार मच्चिरहेको हुन्थ्यो ।

म निराशापूर्वक भौँतारिरहेको थिएँ । मसँगै दुईजना अमेरिकी सेनाका जबान पनि थिए । कुल्लीहरू हाम्रो सामान बोक्न झम्टिए । यात्राका तिनैमध्ये एकजनाले हामीलाई सहयोग गरे । हामीलाई आवश्यक सहयोग गरेर उनी गए ।

म भारतको ग्रेट ट्रन्क लाइनमा यात्रारत थिएँ । मैले जीवनमा अनेक रेलयात्रा गरेको थिएँ । कुनै पनि यात्रा यसपटकको अद्भूत र स्मरणीय भएन । दिल्लीदेखि कलकत्तासम्मको दुरी करिब एक हजार माइल होला । रेल हरेक स्टेसनमा रोकिन्थ्यो । कहिलेकाहीँ एउटै स्टेसनमा १ घन्टासम्म रोकिन्थ्यो । कहिलेकाहीँ आएको दिशातिर चल्न लाग्थ्यो । कहिले पैदलयात्रीभन्दा पनि सुस्त चल्थ्यो ।

हरेक स्टेसनमा खाइलाग्दा सहयोगीहरू चिया लिएर आउँथे । जसले अनेकथरी खानेकुरा ल्याएका हुन्थे । हामीलाई आवश्यक छ कि छैन, नसोधीकन राखेर जान्थे । अनि अर्को स्टेसनमा पुग्दा ‘५ रूपैंया साहेब, दश रूपैंया साहेब’ यस्तै भन्थे । उनीहरूले आफ्नो सन्देश अघिल्लो डिब्बासम्म कसरी सम्प्रेषण गर्ने भन्ने मलाई अनौठो लाग्यो । उनीहरूको एउटै रेल न छुट्थ्यो, न त पैसा गुम्थ्यो । सबै जम्मा गर्थे । रेल अघि बढ्दै जाँदा सन् १९४५ का सबै रहस्यका पर्दा खुल्दै गए ।

लखनउमा छरिएका लासहरू

म लखनउ पुग्दा थाहा भयो, त्यहाँ हैजा फैलिएको रहेछ । रेल रोकिनासाथ हामी उत्रियौँ । हामी उभिएकै स्थानमा एक पुरुष, एकजना महिला र पाँँचजना बच्चाको सिंगो परिवार थियो । उनीहरू घिरिप्प भएर बसेका थिए । लोग्नेको टाउको श्रीमतीको काखमा थियो । हेर्दाहेर्दै पुरुषको शरीर कक्रक्क परेको थियो । लगत्तै उसको प्राणपखेरु उड्यो । उसका आँखा खुलेको खुल्यै भए । गुच्चाजस्तै लगातार । आँखा सेतै देखिन्थे, आइमाईचाहिँ छाती पिटीपिटी रोइरहेकी थिई । रेलमा डिब्बाभित्र र छतमा बसेका सबै यात्रुमा सहानुभूति देखिन्थ्यो । रेल अघि बढ्यो । विपरीत दिशामा कच्ची सडक गएको थियो । जहाँ लासहरू यत्रतत्र देखिन्थे । ती लासहरू हैजाको महामारीले मरेकाहरू थिए, जसलाई उठाउने मान्छेसम्म थिएनन् । गिद्द र कागले लासहरू लुछिरहेका थिए । कतिपय गिद्दको ठुँडमा मासु अड्किएको देखिन्थ्यो ।

रेल एउटा स्टेसनमा रोकियो । रेल त्यहाँ एक घन्टासम्म रोकिने सूचना थियो । हामी बाहिर निस्केर यताउति टहल्न लाग्यौँ । नजिकै खाली चौरमा एक हुल साना मान्छेहरू झुरूप्प बसेका थिए । मैले उनीहरूलाई होचा मान्छे भन्नुको अर्थ ती पुरुषको उचाइ ५ फिटभन्दा बढी थिएन । महिलाहरूको उचाइ ३ फिटभन्दा बढी थिएन । पुरुषहरूल लंगौटी लगाएका थिए र महिलाहरूको छाती र गुप्ताङ्ग धरोले छोपिएका मात्र देखिन्थ्यो । बच्चाहरू नाङ्गै भुतुङ्गै थिए । मान्छेहरूको हातमा धारिला भाला र ढाल थिए । साँच्ची ती को थिए त !

दुईजना बर्दीधारीले उनीहरूको रेखदेखको जिम्मा पाएका थिए । तिनीहरू टाढा पहाडबाट आएका थिए । उनीहरूलाई थाहा थियो कि रेलगाडी नामको कुनै चीज हुन्छ र त्यसले मान्छेलाई यताबाट उता ओसारिरहन्छ । उनीहरूको भाषा पनि त्यहाँ कसैले बुझ्दैनथ्यो, ती को हुन् ? कहाँबाट आएका हुन् ? कसैलाई थाहा थिएन, सबै कुरा अनुमान मात्र थियो । इशारामा भनिएको थियो । यिनीहरू सुन्दर खालका थिए । राम्रो चालढालले र गोरो छाला थियो । तर तिनीहरूको अनुहारमा चरम निराशा थियो । रेल व्यवस्थापनले तिनीहरूका लागि केही फलफूल र भातको व्यवस्था गरिदिएको थियो । त्यत्तिको भरमा तिनीहरू बाँचिरहन सम्भव थिएन ।

रेल फेरि चल्यो । हामी उनीहरूबाट टाढियौँ । त्यसैलाई विषय बनाएर मैले एउटा कथा लेखेँ । जसको न सुरु थियो । न त अन्त्य नै थियो । जुन कथा मैले रेल यात्रामा नै लेखेको थिएँ । जसको शीर्षक ‘द लिटिल फोक्स फ्रम द हिल्स’ थियो । मैले अंग्रेजले उल्लु सावित गरिदिएका तिनै कम्युनिस्टको विषयमा पनि ‘द पुलिस स्पाई’ नाममा पनि अर्को कथा लेखेँ तर ती दुवै कथा कोरोनेट अखबारमा छाप्न मनाही गरियो । धेरैपछि ती कथा अरू नै अखबारमा छापिए । त्यसको पुनःप्रकाशन भारतभरि भयो ।

धेरैपछि कलकत्तामा मैले मेरा दुईवटा पुस्तक देखेँ । जुन तीनवटा भाषामा थिए । ती गैरकानुनी तरिकाले प्रकाशित थिए तर दरिद्रताले भरिएको भारतमा मैले लेखकस्व माग्ने कुरै भएन । बाँकी यात्रा अर्ध–मरुभूमि भएर गुज्रियो । कहिलेकाहीँ टाढा–टाढासम्म जीवजन्तु नै देखिन्नथे तर यो हिन्दु भारतमा गाई भने जता पनि देखिन्थ्यो । मसँग सानो टाइपराइटर थियो । यात्राभरि म त्यसैमाथि बसेँ । मैले केही न केही लेखिरहेको हुन्थेँ । तर मलाई लेख्नको लागि पठाएको अखबारले यी लेख छाप्दैन भन्ने पनि मलाई थाहा थियो । स्रोत : रातो खबर साप्ताहिक, वर्ष ३, अड्ढ ३०, पूर्णाङ्क १२५

२०७४ माघ  १ गते बेलुकी ५ः२५मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :