रेशममार्ग आर्थिक क्षेत्र र २१ औँ शताब्दीको सामुद्रिक रेशममार्ग / साझा रूपमा बनाउने दृष्टिकोण र कार्यक्रम

५) सहकार्य संयन्त्र

विश्व अर्थतन्त्र एकाकार हुने कामले तीव्रता लिइरहेको छ र क्षेत्रीय सहकार्य उँभोलाग्दो छ । क्षेत्र र बाटोको निर्माणलाई अघि बढाउन र क्षेत्रीय सहकार्यको विकासलाई प्रोत्साहित गर्न चीनले विद्यमान दुईपक्षीय र बहुपक्षीय सहकार्य संयन्त्रको पूरा फाइदा लिनेछ ।

हामीले सञ्चार र संवादका विभिन्न तह र माध्यममार्फत् दुईपक्षीय सम्बन्धहरूको विकासको विस्तृत विकासलाई जोड दिनेछौँ र दुईपक्षीय सहकार्यलाई बलियो बनाउँदै जानेछ । हामी सहकार्यका समझदारी–पत्र योजनाहरूमा हस्ताक्षर गर्न र दुईपक्षीय सहकार्यका नमूना परियोजनाहरूको विकासलाई उत्साहित गर्दछौँ । हामीले क्षेत्र र बाटोलाई अघि बढाउन दुई पक्षीय सयुक्त कार्यसंयन्त्रको स्थापना र सुधार तथा कार्यान्वयनको लागि योजना र कार्यनक्सा तयार गर्दै जानुपर्दछ । त्यसका साथै, हामीले विद्यमान दुई पक्षीय संयन्त्रहरूजस्तै संयुक्त समिति, मिश्रित समिति, समन्वय समिति, परिचालन समिति र व्यवस्थापन समिति आदिलाई सहकार्यका परियोजनाहरूको कार्यान्वयनमा सहकार्य र प्रोत्साहनको लागि पूरा गतिमा परिचालन गर्न सक्दछौँ ।

हामीले बहुपक्षीय सहकार्य संयन्त्रहरूका भूमिकालाई विकास गर्न सक्तछौँ । हामीसँग भएका संयन्त्रहरूजस्तै साङ्घाई सहकार्य सङ्गठन (एससिओ), आसियान जोड चीन (१० जोड १), एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक), एसिया–युरोप बैठक (एसेम), एसिया सहकार्य संवाद (एसीडी), एसियामा अन्तत्र्रिmया र आत्मविश्वास विकास सम्मेलन (सीआइसीए), चीन–अरब राज्यहरू सहकार्य मञ्च (सीएएससीएफ), चीन–खाडी सहकार्य रणनीतिक संवाद परिषद्, बृहत् मेकोङ उपक्षेत्रीय (जीएमएस) आर्थिक सहकार्य र केन्द्रीय एसिया क्षेत्र आर्थिक सहकार्य (सीएआरइसी) आदिलाई सम्बन्धित देशहरूबीच संवाद सबल बनाउन र ती देश र क्षेत्रलाई क्षेत्र र बाटोका अवधारणामा आकर्षित गर्न पूर्ण उपयोग गर्नुपर्दछ ।

हामीले क्षेत्र र बाटोअन्तर्गत परेका देशहरूले आयोजना गर्दै आएका क्षेत्रीय र उपक्षेत्रीय अन्तर्राष्ट्रिय मञ्च र प्रदर्शनीहरूका रचनात्मक भूमिकालाई उत्साहित गर्ने कामलाई निरन्तरता दिनुपर्दछ । एसियाको लागि बोआओ मञ्च, चीन–आसियान प्रदर्शनी, चीन–युरेसिया प्रदर्शनी, युरो–एसिया आर्थिक मञ्च, चीन अन्तर्राष्ट्रिय लगानी तथा व्यापार मेला, चीन–दक्षिण एसिया प्रदर्शनी, चीन–अरब राज्यहरूको प्रदर्शनी, पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला, चीन–रुस प्रदर्शनी र छिङहाई सहकार्य प्रदर्शनी आदि त्यस्ता दबुहरू हुन् । हामीले क्षेत्र र बाटोमा आबद्ध देशका स्थानीय आधिकारिक निकाय र सर्वसाधारण जनतालाई क्षेत्र र बाटो अन्तर्गत परेका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको अनुसन्धान र उत्खनन्, संयुक्त लगानी, व्यापार तथा सांस्कृतिक सम्बन्ध विकास गर्ने गतिविधि अगाडि बढाउनुपर्दछ । हामीले रेशममार्ग (तुनह्वाङ) अन्तर्राष्ट्रिय सांस्कृतिक प्रदर्शनी, रेशममार्ग अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनी र अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको भव्य सफलता सुनिश्चित गर्नुपर्दछ । हामी क्षेत्र र बाटोको विषयमा अन्तर्राष्ट्रिय शिखर सम्मेलनको आयोजना गर्न प्रस्ताव गर्दछौँ ।

६) खुलापन अगाडि बढाइरहेका चिनियाँ क्षेत्रहरू

क्षेत्र र बाटोको अगुवाई अगाडि बढाउने सिलसिलामा चीनले विभिन्न क्षेत्रहरूका आ–आफ्ना तुलनात्मक विशेषताहरूको पूर्ण उपयोग गर्नेछ । थप खुलापनलाई अघि बढाउन सक्रिय भूमिका खेल्नेछ । पूर्वी, पश्चिमी र मध्य–क्षेत्रहरूबीच अन्तत्र्रिmया र सहकार्यलाई सबल बनाउँदै जानेछ र चिनियाँ अर्थतन्त्रको खुलापनलाई विस्तृत रूपमा सुधार गर्दै जानेछ ।

उत्तर पश्चिम तथा उत्तर पूर्वी क्षेत्रहरू : हामीले सिनच्याङको भौगोलिक विशेषताको राम्रो प्रयोग गर्नुपर्दछ । मध्य, दक्षिण र पश्चिम एसियाका देशहरूसँग सहकार्य र सञ्चार गहिरो बनाउन पश्चिमाभिमुखी खुलापनको झ्यालको रूपमा सिनच्याङको भूगोललाई उपयोग गर्नुपर्दछ । सिनच्याङलाई यातायात, व्यापार, बन्तोबस्त, संस्कृति, विज्ञान र शिक्षाको केन्द्र तथा रेशममार्ग आर्थिक क्षेत्रको मुख्य स्थानको रूपमा विकास गर्न जरुरी छ । शान्सी र कान्सु प्रान्तको आर्थिक तथा सांस्कृतिक सबल पक्षलाई पूर्ण रूपमा विकास गर्न आवश्यक छ । निङसिया हुई स्वशासित क्षेत्र र छिङहाइ प्रान्तको आदिबासी संस्कृतिको पूर्ण उपयोग गर्नुपर्दछ । सियानलाई चीनभित्र सुधार र खुलापनको नयाँ केन्द्रको रूपमा स्थापित गर्नुपर्दछ । लान्चाओ र सिनिङजस्ता सहरहरूको विकास र खुलापनलाई गति दिनुपर्दछ । निङ्सिया भित्री क्षेत्र खुलापन नमुना आर्थिक क्षेत्रलाई केन्द्रीय, दक्षिणी र पश्चिमा एसियाली देशहरूसँग औद्योगिक तथा सांस्कृतिक सम्बन्ध खुला गर्ने रणनीतिक मार्ग, व्यापारिक तथा बन्दोबस्तीको केन्द्र र प्रमुख आधारक्षेत्र बनाउने लक्ष्यसहित विकास गर्दै जानुपर्दछ । हामीले भित्री मङ्गोलियाको मङ्गोलिया र रुससँगको निकटताको पूर्ण उपयोग गर्नुपर्दछ, रुस र क्षेत्रीय रेलमार्ग सञ्जालसँग हेलोङ्च्याङ जोडिएको रेलमार्ग सञ्जालको सुधार, चीनको हेलोङ्च्याङ, जिलिम र लियाओनिङ प्रान्त र रुसको सुदूरपूर्वी क्षेत्रको सामुद्रिक–भूमि बहुआयामिक यातायातमा सहकार्य बलियो बनाउने र उत्तर जोड्ने प्रमुख बाटोको रूपमा पेइचिङ तथा मस्कोलाई जोड्ने युरेसियाली उच्च गतिको यातायात–मार्ग निर्माणलाई अघि बढाउनुपर्दछ ।

दक्षिण–पश्चिम क्षेत्र : आसियान देशहरूको छिमेकीको रूपमा रहेको क्वाङ्सु चुआङ स्वशासित क्षेत्रको भौगोलिक विशेषताको उपयोग गर्नुपर्दछ । बेइबु खाडी आर्थिक क्षेत्र र पर्ल नदी–सिच्याङ आर्थिक क्षेत्रको खुलापन र विकासलाई अघि बढाउनुपर्दछ । आसियान क्षेत्रतर्फ बाटो खोल्ने अन्तर्राष्ट्रिय बाटो निर्माण गर्नुपर्दछ । चीनको दक्षिणपश्चिम र मध्य–दक्षिण क्षेत्रको खुलापन र विकासको लागि नयाँ बिसौनी बनाउनुपर्दछ । यहाँ रेशममार्ग आर्थिक क्षेत्र र २१ औँ शताब्दी सामुद्रिक रेशममार्ग जोड्ने महत्वपूर्ण प्रवेशमार्ग बनाउनुपर्दछ । युनान प्रान्तको भौगोलिक विशेषताको राम्रो प्रयोग गर्नुपर्दछ । छिमेकी देशहरूसँग चीनलाई जोड्ने अन्तर्राष्ट्रिय यातायात–मार्गको निर्माणलाई गति दिनुपर्दछ । बृहत् मेकोङ उपक्षेत्रमा आर्थिक सहकार्यका नयाँ विशेषताहरूको विकास गर्नुपर्दछ । दक्षिण र दक्षिणपूर्वी एसियासँग चीनलाई खुला गर्न यो क्षेत्रलाई संगमको रूपमा प्रयोग गर्नुपर्दछ । हामीले तिब्बत स्वशासित क्षेत्र र नेपालजस्तो छिमेकी देशहरूसँग सिमाना व्यापार, पर्यटन र संस्कृतिको क्षेत्रमा सहकार्यलाई प्रबद्र्धन गर्नुपर्दछ ।

तटीय क्षेत्रहरू र हङकङ, मकाउ र ताइवान : याङ्सी नदीको मुहान (ठूलो जलप्रवाहमा मिसिनुअघि नदीको मुहान समथर भूमि), पर्ल नदीको डेल्टा, ताइवान टापु, बोहाई रिमलगायत उच्च तहको खुलापन विकास, बृहत् आर्थिक शक्ति र बलियो उत्प्रेरकको भूमिका खेल्ने आर्थिक क्षेत्रहरूका सबल पक्षहरूको उपयोग गर्नुपर्दछ । चीन (साङ्घाई) नमुना स्वतन्त्र व्यापार क्षेत्रको विकासलाई तीव्रता दिनुपर्दछ र फुच्याङ प्रान्तलाई २१ औँ शताब्दीको सामुद्रिक रेशममार्गको केन्द्रीय क्षेत्र बनाउन सहयोग गर्नुपर्दछ । हामीले छिङहाई (शनचेन), नान्शा (क्वाङ्चाओ), हेङ्छिन (चुहाई) र पिङ्गतान (फुच्यान) को भूमिकालाई पूरा उपयोग गर्नुपर्दछ र ती स्थानहरूको हङकङ, मकाउ र ताइवानको खुलापन र सहकार्यलाई गहिरो ढङ्गमा विकास गर्नुपर्दछ । क्वाङतोङ–हङकङ–मकाउ ठूलो खाडी क्षेत्रलाई विकास गर्न सहयोग गर्नुपर्दछ । हामीले चेच्याङ सामुद्रिक अर्थतन्त्र विकास प्रदर्शनी क्षेत्र, फुच्यान सामुद्रिक अर्थतन्त्र नमूना क्षेत्र र चाओशान टापु समूहलाई नयाँ क्षेत्रको रूपमा विकास गर्नुपर्दछ र हैनान प्रान्तलाई एक अन्तर्राष्ट्रिय पर्यटन टापुको रूपमा अझ खुला गर्नुपर्दछ । साङघाई, थेनचिन, निङ्पो–चाओशान, क्वाङ्चाओ, शेनचेन, चाङ्च्याङ, सान्टोओ, छिङ्ताओ, यानताई, तालियान, फुचो, सियामेन, छियाङचाओ, हाइकोउ र सान्याजस्ता तटीय सहरहरूमा बन्दरगाहहरू बनाउने काममा ध्यान दिनुपर्दछ । साङ्घाई र क्वाङचाओजस्ता प्रमुख ठूला सहरहरूमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कामलाई प्राथमिकतामा राख्नुपर्दछ । हामीले यी क्षेत्रहरूमा अझ थप सुधारलाई अघि बढाउन, खुला अर्थतन्त्रको नयाँ प्रणाली र संयन्त्रको विकास गर्न, वैज्ञानिक तथा प्राविधिक अनुसन्धानमा अघि बढ्न, अन्तर्राष्ट्रिय सहकार्य र प्रतिस्पर्धामा सहभागिता र नेतृत्वमा नयाँ विशेषताको विकास गर्न र क्षेत्र तथा बाटोको अगुवाई विशेषतः २१ औँ शताब्दीको सामुद्रिक रेशममार्गको निर्धारक र प्रमुख शक्तिको विकास गर्न खुुलापनलाई परिचालन शक्तिको रूपमा प्रयोग गर्नुपर्दछ । हामीले विदेशमा बसेका चिनियाँहरू र हङकङ र मकाउ विशेष प्रशासनिक क्षेत्रहरूका विशिष्ट भूमिकालाई गति दिनुपर्दछ । क्षेत्र र बाटोको अगुवाईमा उनीहरूलाई सहभागी बन्न र योगदान गर्न उत्साहित गर्नुपर्दछ । यो पहलमा ताइवान क्षेत्रको उचित व्यवस्थापन पनि गर्नुपर्दछ ।

भित्री क्षेत्र : हामीले चीनको चित्री क्षेत्रको पूरा उपयोग गर्नुपर्दछ । भित्री क्षेत्र भन्नाले विशाल भू–भाग, अथाह मानव जनशक्ति र बलियो औद्योगिक आधार आदि पर्दछन् । भित्री क्षेत्रअन्तर्गत याङ्जी नदीको मध्य–भागका सहरी क्षेत्रहरू, छेन्तु र चोङछिङ वरपर, केन्द्रीय हेनान प्रान्त, होहहोट, पाओताओ, इर्डोस र युलिन वरपर र हार्पिन र छाङचुन वरपरका ठाउँको क्षेत्रलाई अन्तर्सम्बन्ध र सहकार्य तथा औद्योगिक केन्द्रीकरणका लागि विशेष ध्यान दिनुपर्दछ । पश्चिमी भूगोलको खुलापन र विकासका लागि हामीले चोङछिङको विकासको लागि ध्यान दिनुपर्दछ । भित्री क्षेत्रअन्तर्गत छेन्तु, चेङझाउ, उहान, चाङशा, नानचाङ र हुपैईलाई खुलापनको प्रमुख केन्द्र बनाउनुपर्दछ । याङ्जी नदीको उपल्लो र मध्य–क्षेत्र तथा तिनका समकक्षी रुसको भोल्गा नदीका क्षेत्रबीच सहकार्यलाई गति दिन जरुरी छ । हामीले चीन–युरोप बाटोको सन्दर्भमा रेलमार्ग यातायात र भन्सार छुटको विषयमा समन्वयकारी संयन्त्रको विकास गर्नुपर्दछ । ‘चीन–युरोप तीव्र गतिको रेल’ नामको विकास गर्नुपर्दछ । पूर्व, केन्द्र र पश्चिम क्षेत्रहरू जोड्ने अन्तर्सिमाना यातायात बाटोको विकास गर्नुपर्दछ । चेङचेउ र सियानजस्ता भित्री भूमिका बन्दरगाह सहरहरूमा विमानस्थल र अन्तर्राष्ट्रिय सुख्खा बन्दरगाहको निर्माण, भित्री बन्दरगाह र तटीय क्षेत्र र सिमाना क्षेत्रबीच भन्सार छुटको समन्वयलाई सबल बनाउँदै लानुपर्दछ । अन्तर्सिमाना व्यापारको सेवामा ई–कमर्सको नमुना योजना लागू गर्नुपर्दछ । हामीले विशेष भन्सार अनुगमन क्षेत्र स्थापना गर्नुपर्दछ । प्रशोधन व्यापारका नयाँ ढाँचाको विकास गर्नुपर्दछ र क्षेत्र तथा बाटोमा पर्ने देशहरूमा औद्योगिक सहकार्यलाई गहिरो बनाउँदै जानुपर्दछ ।

७) कार्यान्वयनमा चीन

एक वर्षभन्दा बढी समयदेखि चीन सरकारले क्षेत्र र बाटो निर्माणलाई सक्रियतापूर्वक अघि बढाइरहेको छ । क्षेत्र र बाटोमा पर्ने देशहरूसँग जोडिएका देशहरूसँग संवाद, सरसल्लाह र व्यावहारिक सहकार्यलाई अघि बढाइरहेको छ । शीघ्र परिणामको लागि नीति तथा कार्यक्रमहरूको शृङ्खला तर्जुमा गरिरहेको छ ।

उच्चस्तरको दिशा निर्देश तथा सहजकर्ताको भूमिका : राष्ट्रपति सि जिङपिङ र प्रधानमन्त्री लि खस्याङले बीसभन्दा बढी देशहरूको भ्रमण गरिसक्नुभएको छ । साझेदार देशहरूबीच सम्बन्ध विस्तारको संवाद र चीन–अरब देश सहकार्य मञ्चको छैटौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी बन्नुभयो । दुईपक्षीय सम्बन्ध र क्षेत्रीय विकासका विषयहरूबारे छलफल गर्न सम्बन्धित देशहरूका नेताहरूसँग भेटघाट गर्नुभयो । उहाँहरूले ती अवसरलाई क्षेत्र र बाटोको अगुवाईको समृद्ध र सकारात्मक कार्यान्वयनको बारेमा व्याख्या गर्ने अवसरको रूपमा उपयोेग गर्नुभयो । उहाँहरूको यो सक्रियताले क्षेत्र र बाटोको अगुवाईबारे व्यापक सहमति जुटाउन मद्दत गरेको छ ।

सहकार्यका ढाँचामा हस्ताक्षर : चीनले क्षेत्र र बाटोको संयुक्त विकास गर्न विभिन्न देशहरूसँग सहकार्यको समझदारीपत्रमा हस्ताक्षर गरेको छ । क्षेत्रीय सहकार्य र सिमाना सहकार्य तथा मध्य एवम् दीर्घकालीन आर्थिक विकास तथा व्यापार साझेदारीको लागि केही छिमेकी देशहरूसँग समझ्दारी पत्रमा हस्ताक्षर गरिसकेको छ । चीनले केही सम्बन्धित देशहरूसँग क्षेत्रीय सहकार्य योजनाको ढाँचा प्रस्ताव गरेको छ ।

परियोजना सहकार्यमा प्रोत्साहन : चीनले क्षेत्र र बाटोअन्तर्गत परेका देशहरूसँग सञ्चार र संवादलाई अघि बढाएको छ । पूर्वाधार सम्बन्ध, औद्योगिक लगानी, स्रोत विकास, आर्थिक तथा व्यापार सहकार्य, वित्तीय सहकार्य, सांस्कृतिक सम्बन्ध, पर्यावरणीय सुरक्षा र जहाँ अवस्था छ, त्यहाँ सामुद्रिक सहकार्य आदिमा धेरै सङ्ख्यामा सहकार्य परियोजना व्यवहारमा ल्याइसकेको छ ।

नीति कार्यक्रममा सुधार : चिनियाँ सरकारले यो अगुवाईलाई मद्दत गर्न बलियो नीतिगत सहायता दिन घरेलु स्रोतहरूको परिचालन गर्नेछ । चीन सरकारले एसियाली पूर्वाधार लगानी बैंकको स्थापनाको लागि पहल गर्नेछ । चीनले रेशममार्गको प्रस्ताव गरेको छ र चीन–युरेसिया आर्थिक सहकार्य कोषको लागि लगानीलाई बल दिनेछ । सीमा वारपारमा व्यापारिक कारोबारको सहजताको लागि हामी सिमा वारपार बैँकिङ गतिविधिलाई सजिलो बनाउन उत्साहित गर्नेछौँ । हामी लगानी र व्यापार सहजतालाई सक्रियतापूर्वक प्रोत्साहित गर्नेछौँ । क्षेत्रीय भन्सार छुटको लागि एकीकृत सुधार लागु गर्नेछौँ ।

सहकार्य दबुहरूको भूमिकालाई विकास : धेरै सङ्ख्यामा अन्तर्राष्ट्रिय सम्मलेन, मञ्च, सेमिनार र प्रदर्शनीहरू क्षेत्र र बाटोको विषयमा आयोजना भइसकेका छन् । ती कार्यक्रमहरूले आपसी समझदारी बढाउन, सहमतिमा पुग्न र सहकार्यलाई गहिरो बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

८) उज्यालो भविष्यका लागि सँगसँगै

चीनले प्रस्ताव गरको भए तापनि क्षेत्र र बाटोको अगुवाई यो मार्गमा परेका सबै देशहरूको साझा भावना हो । चीन यो अगुवाईले प्रदान गर्ने अवसर लिन, संलग्न देशहरूबीच खुलापन, सञ्चार र परिचालनलाई अझ बृहत् स्तर, उच्चस्तर र गहिरो तहसम्म प्रोत्साहन गर्न सबै देशहरूसँग समान स्तरमा सरसल्लाह गर्न तयार छ । सबै पक्षहरूका चासो र भावनालाई सम्मान गर्न चीन तयार छ । क्षेत्र र बाटोको सहकार्यको अन्तर्य र ढाँचा विकास गर्न र सुधार गर्न क्षेत्र र बाटो अगुवाईअन्तर्गत परेका देशहरूसँग परामर्श गर्न खुला छ । समयसीमा र मार्गचित्रबारे हामी सल्लाह गर्न खुला छौँ । सम्बन्धित देशको विकास कार्यक्रम र क्षेत्रीय सहकार्य योजनाबारे कुराकानी गर्न चीन खुला छ । चीनले यो अवधारणाको अन्तर्य, लक्ष्य र कार्यभारबारे थप बुझाइ र अनुमोदनका लागि यो क्षेत्र र बाटोअन्तर्गत परेका देशहरूबीच दुई पक्षीय, बहुपक्षीय, क्षेत्रीय र उपक्षेत्रीय सहकार्य सञ्जालको ढाँचाबमोजिम संयुक्त अनुसन्धान, छलफल मञ्च र भेला, तालिम, सम्बन्ध विकास र भ्रमणलाई अगाडि लग्नेछ ।

चीनले क्षेत्र र बाटोमा परेका देशहरूसँग प्रदर्शनी परियोजना सुचारु अघि बढाउन ती देशहरूसँग सहकार्य गर्नेछ । त्यसक्रममा दुईपक्षीय र बहुपक्षीय हितका कार्यक्रमलाई पहिचान गर्ने र सम्बद्ध पक्षहरूको सहमति र कार्यान्वयनमा लाने मञ्जुर भएका कार्यक्रमहरूलाई चाँडोभन्दा चाँडो प्रतिफल दिने सुनिश्चितताका साथ संयुक्त रूपमा व्यवहारमा लगिनेछ ।

क्षेत्र र बाटो सहकार्य आपसी सम्मान र विश्वास, आपसी हित, सबैले जित्ने सहकार्य र सभ्यताहरूबीच आपसका सिक्ने–सिकाउनेमा आधारित हुनेछ । क्षेत्र र बाटोमा परेका देशहरूले हाम्रो साझा लक्ष्य प्राप्तिको लागि चासोपूर्वक काम गर्दछ भने रेशममार्ग आर्थिक क्षेत्र र २१ औँ शताब्दीको सामुद्रिक रेशममार्ग र यसअन्तर्गत परेका देशका जनताले यो अवधारणाबाट सबैले फाइदाको उपभोग गर्न सक्नेछन् ।

Vision and Actions on Jointly Building Silk Road

Economic Belt and 21st Century Maritime Silk Road.

Issued by the National Development and Reform

Commission, Ministry of Foreign Affairs and Ministry of

Commerce of the People’s Republic of China,

With State Council Authorization,

March 2015

 

२०७४ पुस ३० गते  बिहान ११ः५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :