बर्दिया जिल्ला इन्चार्ज देवकला अधिकारी सहित २० जना नेता तथा कार्यकर्ता गिरफ्तार

devkala (2)बर्दियाः बैशाख २१, नेपाल कम्युनिष्ट पार्टी बर्दियाका जिल्ला इन्चार्ज देवकला अधिकारी, युवाका केन्द्रिय सदस्य नविन राना लगाएत २० जना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको खबर छ ।

पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत एकीकृत जनजागरण तथा प्रतिरोध अभियानको क्रममा उहाँहरुलाई बिहिबार दिउँसो ३ बजे बर्दियाबाट गिरफ्तार गरिएको हो ।

१० वर्षको जनयुद्धका नाइके प्रचण्डले आफैँले बनाएको संविधानको खिल्ली उडाउँदै शान्तिपुर्ण रुपमा गतिविधि गर्न र हिँडडुल गर्न पाउने अधिकारको हनन् गर्दै आउँदो बैशाख ३१ गतेको चुनावको नाममा नेकपाका नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने क्रम बढाएको छ ।

नेकपाले कथित स्थानीय चुनाव खारेज गर्दै देशैभरी जनताको जनसत्ता सुदृढीकरण अभियान चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :