१५ जना शिक्षकहरु नेकपा निकट शिक्षक संगठनमा प्रवेश

काठमाडौं : विभिन्न शिक्षक संघ, संगठन परित्याग गरी दाङका १५ जना शिक्षकहरु नेपाल नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेका छन् । दाङ, जिल्लाका विभिन्न विद्यालयमा अध्यापन गराउदै आएका कृयाशिल शिक्षकहरुले बिहीबार संयुक्त एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेको हो । एकीकृत अखिल नेपाल शिक्षक संगठनका लिलाधर विश्वकर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका कृष्ण चन्द ठकुरी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अंगविर सुनार, नेपाल शिक्षक संघकाका पुष्पा खड्का, विनोद केसी,उमा बुढाथोकी, ज्योतिप्रसाद घर्ति, विनोद चौधरी, टिका चौधरी, एकीकृत नेपाल शिक्षक संगठनबाट नन्दा बस्नेत, रञ्जु चौधरी, रामबहादुर विश्वकर्मा, प्रेमबहादुर वली, सिता चौधरी लगायतले संयुक्त विज्ञप्ती जारी गरी वर्तमान समयमा अन्य संगठनमा काम गर्न नसक्ने देखेकाले अखिल नेपाल शिक्षक संगठनमा पूर्ण रुपले क्रियाशिल हुने विज्ञप्तीमा उल्लेख छ ।

 

२०७४ पुस २७ गते दिउँसो २ : ५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :