बिनाकारण हिरासतमा यातना ! – नकुल चौलागाईं

भनिन्छ, मानिस स्वतन्त्रपूर्वक बाँच्न पाउनुपर्छ । यो कुरा कानुनमा समावेश गरेको छ । कानुनमा समावेश भए पनि यही कुरालाई लत्ताउने र कुठराघात गर्नेहरू पनि अधिक छन् । जब नेपाल नेपाल कम्युनिस्ट पार्टीले दलाल भ्रष्ट तस्करीविरुद्ध र दलाल संसदीय व्यवस्थाविरुद्ध आवाज निकाल्दै अर्को जनवादी क्रान्तिको उद्घोष ग¥यो । अनि दलाल भ्रष्ट तस्करीको विरुद्धमा कार्वाही गर्दै करोडौँ राजस्व नतिरेकोलाई राजस्व तिरायो, तत्काल दलाल संसदीय व्यवस्थाको अदालतसँग टक्कर दिन अर्को नेपाल कम्युनिस्ट पार्टीको जनअदालतको घोषणा ग¥यो । यो देखेर दलाल राज्य व्यवस्थाले लुटेर खान पाए । नालायक अवसरवादीहरूले हाम्रो जनअदालतले गरेको कामलाई बन्द भएको आँखाले देख्न सकेन । यसकारण नेपालका लुटेर खान पल्केका प्रहरी प्रशासन मिलि हामीलाई गिरफ्तार सुरु भयो । सुतिरहेको ओछ्यानबाट उठाइयो । गर्भवती महिलालाई प्रशासनले देख्न सकेन । पटकपटक नेपालका प्रशासनले नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तामाथि गिद्दे नजरलाई रहिरयो । हामीले दलालवादीहरूको पहिलो र दोश्रो स्थानीय तहको र प्रादेशिक चुनाव खारेजी अभियान चलायसँगै प्रहरीको पहिलो नजर हामीमा रहिरह्यो । यो चुनाव केवल हामी नेपाली जनताको लागि नभई दलाल फासिस्टवादीहरूका लागि करोडौँ खर्चेर गरेको चुनाव केवल आफ्नै आसेपासेको कुरा बुझ्नुभएन र हामीलाई पटक–पटक गिरफ्तार गरिरहनुभयो ।

मंसिर १३ गते मलाई बिनाकारण नेपाल प्रहरी फोर्सले गिरफ्तार गरियो । यो गिरफ्तारी प्रतिपक्षका मित्रले गर्दा भएको थियो । जब म बौद्धबाट आफ्नो काम सकेर आफ्नै निवास जोरपाटी जाँदै थिएँ, तर म आफ्नो निवास नपुग्दै बीचमा काँडेतार लगाउने कोसिस गरियो । बाहुनधारामा आइसकेपछि मलाई नेपाल प्रहरीका सई साबले रोक्न खोज्नुभयो तर म आफ्नो समस्य दर्शाउँदै निवाससम्म पुगेँ, घर पुगेर कपडा लगाई गौतम जुसपसलमा के पुगेको थिएँ, सई, असई, म्यादी प्रहरी र अरू दुईजना त्यहीँ देखिए र मलाई पक्राउ गर्न अनेक वहाना खेल्नुभएको रै’छ । कालो चिया खाने निउँले मलाई त्यहीनेर भुलायो । के थाहा र मलाई म पनि त्यहीँ बसिरहे । एकछिन्पछि चौलागाईं, भाइ तिमी हामीसँग जानुप¥यो भन्दै गिरफ्तार गर्नुभयो । मलाई बाइकमा राख्नुभयो । मलाई कतैबाट आक्रमण नहोस् भनेर अगाडि–पछाडि मेरो सुरक्षामा नेपाल प्रहरी थियो ।

मैले भनेँ, सर किन मलाई पक्राउ गर्नुभएको ? मैले केही गल्ती गरेँ र सर ! सरले भन्नुभयो– गल्ती गरेको छैन, तपाईं नेपाल कम्युनिस्ट पार्टीको मान्छे भन्ने खबर आयो । यसकारण हामीले तपाईंसँग नेपाल कम्युनिस्ट पार्टीको बारेमा बुझ्नका लागि हामीले समातेका हौँ, तपाईं नेपाल कम्युनिस्ट पार्टिको के हो ? कुन पद छ भन्नुभयो । मैले भनेँ– म नेपाल कम्युनिस्ट पार्टीको सामान्य समर्थन गर्ने मान्छे हँु । यसमा मेरो कुनै पद–पोस्ट नरहेको जानकारी गराएँ । अनि मलाई छोडिदिन पटक–पटक आग्रह गरेँ । मैले आफ्नो पारिवारिक समस्या दर्शाएँ । घरमा आमा– बुबा बिरामी हुनुहुन्छ । भूकम्प पीडितको घर बनाउन काठ ओसार्न भोलि घरमा जानु छ सर । मलाई छोडि दिनुहोस् भनेर आग्रह गरेँ । तर मेरो आग्रहलाई दलाल सत्ता र भत्ताको आडमा उभिएको नेपालका प्रहरी प्रशासन तताउँदै मलाई ३÷४ दिन बस्नुपर्छ भन्दै बौद्ध रिफर गरियो । बौद्धमा पनि मेरो बयान लियो । त्यहाँ मैले भनेँ– सर के मैले मान्छे मारेर आएँ ? मलाई गिरफ्तार गर्नुभएको ! प्रहरीले भन्नुभयो– के गर्ने भाइ, मान्छे नमारे पनि विप्लवका नेता तथा कार्यकर्ता गिरफ्तार गर्नू भनेको छ । हाम्रो पनि डिउटी हो भाइ, भन्दै त्यहाँबाट पत्र तय भएर मलाई सिधै टेकु हिरासतमा राख्न आदेश दिइयो । मलाई बिनाकारण मेरो हातमा पहिलोपटक हत्कडी सुनका बाला लगाइयो । मलाई प्रहरीको गाडीमा राखियो । मेरो परिचय सोध्न थालियो । मैले केही बोलिनँ । फेरि सोधपुछ गर्नुभयो । मलाई रिस उठेपछि मैले भनेँ– के म अपराधी र देश विखण्डनकारी हो र ? यसरी ल्याउनुभएको । राष्ट्रिय स्वाधीनताको पक्षमा आवाज निकाल्दा भ्रष्टाचारको विरुद्धमा बोल्दा किन यस्तो यातना ? के भनेको थिएँ, उनीहरूले ममाथि नराम्रा अपशब्दहरू गर्नुभयो । यो त ठूलो नेता पो रहेछ । यसलाई दरो मुद्दा लगाउनुपर्छ, भन्नुभयो । मेरो आँखाबाट आँसुको धारा बग्न थाले । म रोएँ । कस्तो कानुन कस्तो प्रशासन रहेछ यो देशमा ? भ्रष्टाचार गर्नेलाई फूलमालाले स्वागत गरिन्छ, हातमा हत्कडी लगाइँदैन, खुलेआम दलालहरूलाई छोडिन्छन् । गल्ती नगर्ने बिनाकसुरका मान्छेलाई पनि एउटै यातना दिने यो देशको कस्तो कानुन भन्दै म रोएँ ।

बिना–गल्ती मलाई टेकु हिरासत कक्षमा छिराउनुभयो । परिचय गर्दै जाँदा त्यहाँ मैले केही नेकपाका नयाँ र पुराना साथीहरूलाई देखेँ अनि उहाँहरूको सामान्य अवस्थाको बारेमा बुझ्न खोजेँ । उनीहरूको भनाइअनुसार साथीहरूलाई धेरै यातना दिएको रहेछ । दुई दिनसम्म साथीहरूलाई अज्ञात बनाइएछ । हातमा लगाएको हत्कडीले साथीहरूलाई हानिएछ । कानमा पनि सामान्य चोटपटक, शरीरमा पनि निलडाम रहेछ । आँखामा पनि कालो पट्टी लगाइयो रे ! धिक्कार कानुन ! के अपराध गरेका थियोैँ र हामीले यत्रो यातना भोग्नुपर्ने । तेही हिरासतमै दलालीकरण हुँदासम्म कानमा तेल हालेर बस्ने हाम्रो देशको कस्तो प्रशासन ? त्यति कुराको व्यवस्थापन गर्न नसक्ने अरू त कुरै छोडांै । यो देशको दलाललाई त चिन्ता नै छैन, बिना–कसुरका मान्छे पनि त्यही हिरासत कक्षमा भेटियो । कसैले गल्ती गरेका पनि थिए होलान् । कोही बिना–गल्ती पनि आएका थिए होलान् । तर, त्यो दलाल अदालतले त्यो छानबिन गर्न सकेन, न्याय त कताकता उल्टै पीडा र मानसिक यातना दिइरहे । मलाई लाग्यो, २ महिनाको सुत्केरी नाबालकलाई पनि हिरासतको महिलाकक्षमा राख्दा कसको मन रुँदैन । तो चिसो भुइँमा मन दुखेर आयो अनि झन्डै ८० वर्षका बूढा बा पनि हिरासतमा मलाई लाग्यो, यो देशको कानुन पूरै शासकवर्गले कब्जा ग¥यो । पीडित झन् पीडितको पीडित भए । यो राज्यव्यवस्थाले कसैको भलो गर्दैन । आम जनता एक भए भने दलाल न्यायलयमा आगो लगाउन अब कुनै आइतबार कुर्नुपर्दैन । स्रोत : रातो खबर साप्ताहिक, वर्ष ३, अंक २९, पूर्णाङ्क १२४,
२०७४ पुस २२ गते अपरान्ह ५ : २७ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :