दोलखामा क्रान्तिकारी ध्रुबीकरण

काठमाडौं : कथित वाम गठबन्धनमार्फत् नेकपा एमालेमा विलय भएसँगै माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) जिल्ला नेतृत्व चरम सांगठनिक अराजकता र भ्रस्टाचारमा लिप्त भएको ठहर गर्दै २०७४ पुस १० गते विज्ञप्ति जारी गरी अखिल (क्रान्तिकारी), जिरी नगर समितिका अध्यक्ष विशाल जिरेल, नेपाल कम्युनिस्ट पार्टीको सहायक जनवर्गीय संगठन रास्ट्रिय युवा जनस्वयंसेवकमा प्रवेश गरेका छन् ।

जिल्लामा आज एक पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरी रास्ट्रिय युवा जनस्वयंसेवक दोलखाका अध्यक्ष तथा नेकपा जिल्ला सचिवालय सदस्य क. शोम पाख्रिनले विद्रोह गरी एकीकृत जनक्रान्तिको कार्यदिशासँग सहमत हुन आउनुहुने विद्यार्थी र युवालाई स्वागत गर्नुभएको छ भने माओवादी केन्द्र निकट विद्यार्थीहरू, अध्यक्ष विशाल जिरेल, सचिव विराज खत्री, कोषाध्यक्ष बाबुराम किराँती एवम् सदस्य कमल जिरेल लगायत १७ जनाले माओवादी केन्द्र परित्याग गरेको अध्यक्ष जिरेलले बताएका छन् । विद्रोही युवाहरूलाई बिनासर्त सम्बन्धित क्षेत्रमा राजनीतिक तथा सांगठनिक जिम्मेवारी दिने निर्णय नेपाल कम्युनिस्ट पार्टी, जिल्ला संगठन समिति दोलखाले जनाएको छ ।

उक्त कार्यक्रममा नेकपा जिल्ला संगठन समिति दोलखा, भीमेस्वर नगर सेक्रेटरी क. सरोज र क. भरतलगायत जिल्ला नेतृत्वहरूको समेत सहभागिता रहेको थियो । कार्यक्रममा नेकपा जिल्ला पार्टी र सम्बन्धित जनवर्गीय घटकहरूका आगामी कार्यक्रम र चुनौती विषयक छलफल भएको थियो । स्रोत : रातो खबर साप्तहिक, पूर्णाङ्क १२४, पुस १९ गते प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :