मूल्यबृद्धि तत्काल फिर्ता गर्न सरकारलाई चेतावनी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन राष्ट्रिय युवा जनस्वयमसेवकले बुधबार विज्ञप्ति प्रकाशित गर्दै हालै गरिएको पेट्रोलियम पदार्थको मूल्यबृद्धि तत्काल फिर्ता गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । जनताको ढाड सेक्नेगरी गरिएको उक्त मुल्यबृद्धि फिर्ता नगरिए सम्बन्धित सरोकारवाला पक्षले महङ्गो मूल्य चुकाउनुपर्ने भन्दै पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि र महङ्गीका बिरुद्ध आन्दोलनरत सम्पूर्ण पक्षहरुसँग संगठनको ऐक्यवद्धता रहेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिको पूर्णपाठ यसप्रकार छ – देश आज गम्भीर संकटको भूमरीमा जकडिएको छ । कथित संघ र प्रदेशसको चुनावमार्फत् दलाल संसदीय व्यवस्थालाई संस्थागत गर्दै जनयुद्ध र जनआन्दोलनको मूल मर्म र भावनालाई समाप्त गरी जनतामाथि अघोषित युद्ध थोपरिएको छ । सत्ताधारीहरु जनताको मौलिक अधिकार हनन्का निम्ति षड्यन्त्ररत रहेको स्पस्ट देख्न सकिन्छ । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले संघ र प्रदेशको चुनाव खारेज अभियानकै क्रममा भनेको थियो कि यो ‘यो चुनाव नेपाली जनतामाथि शोषणको अर्को नौलो संस्करण मात्रै हो । जसले राष्ट्र र जनताको कुनै पनि प्रस्तावनालाई सम्बोधन गर्न सक्दैन, निश्चय नै आज यो कुरा तथ्यहरुले पुष्टी गरिरहेको छ ।

प्रदेश र संघको निर्वाचन सम्पन्न भएलगत्तै एक महिनाकै दौरानमा दुई दुई पटक गरी नेपाली जनताको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने गरि गरिएको पेट्रोलियम पदार्थको मूल्यबृद्धिप्रति हाम्रो युवा संगठन ‘राष्ट्रिय युवा जनस्वयम्सेवक’ को गम्भीर ध्यानाकर्षण भएको छ । उक्त परिघटनाले नेपाली समाजलाई जवर्जस्त उपभोक्तावादी पुँजीवादको शिकार बनाइरहेको छ । यदि हाल गरिएको पेट्रोलियम पदार्थको मूल्यबृद्धि तत्काल फिर्ता नगरिए सम्बन्धित सरोकारवाला पक्षले महङ्गो मूल्य चुकाउनुपर्ने जानकारी विज्ञप्तिमार्फत् गराउँदछौं । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि र महङ्गीका विरुद्ध आन्दोलनरत सम्पूर्ण पक्षहरुसँग हाम्रो सङ्गठनको ऐक्यवद्धता छ भन्ने धारणा पनि जानकारी गराउँदछौं ।

२०७४ पुस २० गते बिहान ११ः१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :