चौतर्फी प्रहार नगर

हामीले आफ्नो काम राम्रोसँग गर्नुपर्छ ताकि सबै मजदुर, किसान र हस्तशिल्पकार हरूले हामीलाई समर्थन गरून् र राष्ट्रिय पुँजीपति वर्ग र बुद्धिजीवीहरूको अत्यधिक बहुसङ्ख्याले हाम्रो विरोध नगरून् । यसप्रकार क्वोमिन्ताङका रहलपहल फौजहरू, गुप्त दलालहरू र डाँकाहरू एक्लिनेछन् अनि हाम्रो देशका जनतासामु साम्राज्यवादीहरूले आफू एक्लो परेका देख्नेछन् ।

६ जुन १९५० पार्टीको सातौँ केन्द्रीय समितिको दोस्रो पूर्ण अधिवेशनदेखि यता हाम्रो पार्टीले नेतृत्व गरेको नयाँ जनवादी क्रान्तिमा राष्ट्रव्यापी रूपमा विजय प्राप्त भएको छ र जनगणतन्त्र चीनको स्थापना भएको छ । यो एक महान् विजय हो, चीनको इतिहासमा यस सरहको अर्को जोडा नभएको एक महान् विजय हो ।

कमरेड स्टालिन र अरू धेरै विदेशी कमरेडहरू सबैले चिनियाँ क्रान्तिको विजयलाई अत्यन्तै महान् विजय मानेका छन् । तैपनि सङ्घर्षप्रति अत्यन्तै अभ्यस्त हुनाको कारणले गर्दा हाम्रा धेरै कमरेडहरू यो कुरा स्वीकार गर्दैनन् । हामीले पार्टीभित्र र जनसमूहको माझमा चिनियाँ क्रान्तिको विजयको अजङ्ग ठूलो महत्वबारे व्यापक रूपबाट प्रचार गर्नुपर्दछ । यस महान् विजयको बीचमा हामीले ज्यादै जटिल सङ्घर्षहरू र थुप्रै कठिनाइहरूको सामना गर्नुपरेको थियो । सोह्र करोड जनसङ्ख्या भएको हाम्रो देशका उत्तरी भागहरूमा हामीले कृषि सुधारकार्य पूरा गरेका छौँ र यस कुरालाई अजङ्ग ठूलो उपलब्धिका रूपमा हामीले ठोकुवा गर्नु पर्दछ । हामीले मुख्यतः यिनै सोह्र करोड मानिसहरूमाथि भर परेर मुक्तियुद्धमा विजय प्राप्त गरेका हौँ ।

कृषि सुधारमाथिको विजयले नै च्याङ काई सेकको तख्ता पल्टाइदिने हाम्रो विजयलाई सम्भव तुल्याएको हो । सिङ्गो जमिनदार वर्गलाई पल्टाइदिन हामी शरदकालका करिब १३ करोड जनसङ्ख्या भएका विशाल क्षेत्रहरूमा कृषि सुधारकार्यको थालनी गर्नेछौँ । कृषि सुधारका क्षेत्रमा हाम्रा शत्रुहरू जति धेरै छन् त्यति नै शक्तिशाली पनि छन् । हाम्रो विरोधमा पङ्क्तिबद्ध भई तम्तयार भएका शत्रुहरू यसप्रकार छन् ः एक, साम्राज्यवादीहरू; दुई, ताइवान र तिब्बतका प्रतिक्रियावादीहरू, तीन, क्वोमिन्ताङका रहलपहल फौजहरू, गुप्त दलालहरू र डाँकाहरू, चार, जमिनदार वर्ग, पाँच, साम्राज्यवादीहरूले चीनमा खोलेका मिसनरी स्कुलहरूमाभित्र प्रतिक्रियावादी शक्तिहरू र धार्मिक मण्डलीहरूका प्रतिक्रियावादी शक्तिहरू तथा हामीले क्वोमिन्ताङबाट लिएका सांस्कृतिक र शैक्षिक प्रतिष्ठानहरूमा रहेका प्रतिक्रियावादी शक्तिहरू । हाम्रा शत्रुहरू यिनै हुन् । हामीले यीमध्ये एकएकसँग लडेर पहिलेका भन्दा विशाल क्षेत्रहरूमा कृषि सुधारकार्य सम्पन्न गर्नुपरेको छ ।

यो इतिहासमा पहिले कहिल्यै नभएको एक कठोर सङ्घर्ष हो । यसबीच हामीले क्रान्तिमा प्राप्त गरेको विजयले सामाजिक अर्थव्यवस्थालाई पुनर्गठनको दिशातर्फ डो¥याएको छ । यस पुनर्गठनबाट केही कालका लागि हामीमाथि अवश्यम्भावी रूपबाट गह्रौँ बोझहरू आइलागेका छन् । यस पुनर्गठनको कारणबाट र युद्धले गर्दा उद्योग र व्यापारमा हुन गएको केही क्षतविक्षत अवस्थाको कारणबाट निकै मानिसहरू असन्तुष्ट भएका छन् । हाल राष्ट्रिय पुँजीवादीहरूसित हाम्रा सम्बन्धहरूमा ठूलो खिचातानी उत्पन्न भएको छ, यो वर्ग गम्भीर अनिश्चयको अवस्थामा पुगेर ज्यादै रुष्ट भएको छ ।

बेरोजगार बुद्धिजीवीहरू हामीसित असन्तुष्ट छन् र त्यसैगरी निकै नै हस्तशिल्पकारहरू पनि असन्तुष्ट छन् । अधिकांश ग्रामीण क्षेत्रहरूमा किसानहरू पनि गुनासो गरिरहेका छन् किनभने त्यहाँ अझैँ कृषि सुधारकार्य गरिएको छैन र त्यसबाहेक उनीहरूले राज्यलाई अनाज बुझाउनु परेको छ । हालको हाम्रो आम नीति के हो त ? हाम्रो नीति हो– क्वोमिन्ताङका रहलपहल फौजहरूलाई, गुप्त दलालहरूलाई र डाँकाहरूलाई सखाप पार्नु, जमिनदार वर्गको तख्ता पल्टाइदिनु, ताइवान र तिब्बतलाई मुक्त गर्नु र साम्राज्यवादसित आखिरीसम्म लड्नु ।

हाम्रा तत्कालका शत्रुहरूलाई एक्ल्याउने हेतुले हामीले हामीसँग असन्तुष्ट भएका जनतामाझका तत्वहरूलाई हाम्रा समर्थकका रूपमा परिणत गर्नैपर्छ । हाल यो काम कठिनाइहरूले जेलिएको भए तापनि हामीले हरसम्भव उपायबाट यसमाथि विजय प्राप्त गर्नैपर्छ । उद्योग र व्यापारमा हामीले उचित पुनर्समायोजन गर्नुपर्दछ ताकि उद्योगहरूलाई पुनः सञ्चालन गर्न र बेरोजगारीलाई हल गर्न सकियोस् । यसबाहेक हामीले दुई अर्ब क्याटी अनाज बेरोजगार मजदुरहरूलाई उपलब्ध गराई उनीहरूको समर्थन प्राप्त गर्नुपर्दछ ।

जब हामी कुत र ब्याज घटाउँछौँ, डाँकाहरू र स्थानीय अत्याचारीहरूलाई दबाउँछौँ र कृषि सुधार लागू गर्छौ तब किसान समुदायका जनसमूहहरूले हामीलाई समर्थन गर्नेछन् । हामीले लघु हस्तशिल्पकारहरूलाई पनि जीविकोपार्जनका उपायहरू खोज्न सघाउ पु¥याउनु पर्दछ । राष्ट्रिय पुँजीवादी वर्गसित हाम्रा सम्बन्धहरूलाई अझ बिग्रन दिनुको सट्टा तिनमा सुधार ल्याउनका लागि हामीले उद्योग र व्यापार तथा करप्रणालीमा उपयुक्त प्रकारका पुनर्समायोजनहरू लागू गर्नुपर्दछ । हामीले बुद्धिजीवीहरूका लागि विभिन्न प्रकारका तालिम पाठ्यक्रमहरू, सैनिक तथा राजनीतिक कलेजहरू र क्रान्तिकारी प्रतिष्ठानहरू सञ्चालन गर्नुपर्दछ र हामीले आफूलाई उनीहरूको सेवामा उपलब्ध गराई उनीहरूलाई शिक्षित तुल्याएर उनीहरूको पुनः संस्कार गर्नुपर्दछ । हामीले उनीहरूलाई सामाजिक विकासको इतिहास, ऐतिहासिक भौतिकवाद र अरू विषयहरूको अध्ययन गर्न लगाउनुपर्दछ ।

मानिसको सृष्टि ईश्वरले गरेको हो भनी उनीहरू भनून्; हामी भन्छौँ– मानिस बाँदरबाट विकसित भएको हो । केही बुद्धिजीवीहरू निकै पाको उमेरका छन्, उनीहरूको उमेर सत्तरी नाघिसकेको छ । त्यसैले उनीहरूले पार्टी र जनसरकारलाई समर्थन गरुन्जेलसम्म हामीले उनीहरूको खाइजीविकाको प्रबन्ध मिलाइदिनुपर्दछ । आफ्नो संयुक्त मोर्चाको कार्यलाई सफल पार्नका लागि सिङ्गो पार्टीले तत्परतासाथ र मरिमेटेर कोसिस गर्नुपर्दछ । निम्न पुँजीवादी वर्ग र राष्ट्रिय पुँजीवादी वर्गलाई मजदुर वर्गको नेतृत्वमा र मजदुर–किसान सहयोगका आधारमा एकजुट पार्नु पर्दछ ।

अन्ततोगत्वा राष्ट्रिय पुँजीवादी वर्गको अस्तित्व मेटाएर जानेछ तर यस चरणमा भने हामीले तिनीहरूलाई धकेलेर पर सार्ने काम नगरी हाम्रै वरिपरि एकजुट पार्नुपर्दछ । हामीले एकातिर उनीहरूसँग सङ्घर्ष गर्नुपर्दछ भने अर्कातिर उनीहरूसँग एकताबद्ध हुनुपर्दछ । हामीले क्याडरहरूलाई यो कुरा स्पष्टसँग बताइदिनुपर्दछ र राष्ट्रिय पुँजीपति वर्ग, जनवादी पार्टीहरू, जनवादी व्यक्तिहरू र बुद्धिजीवीहरूसित एकताबद्ध हुनु सही र जरुरी छ भन्ने कुरा हामीले उनीहरूलाई तथ्यहरूका आधारमा देखाइदिनुपर्छ । अघि उनीहरूमध्ये धेरैजसो हाम्रा शत्रु थिए तर अहिले आएर उनीहरू शत्रुको शिविर सित सम्बन्धविच्छेद गरी हामीतिर लागेका हुनाले धेरै वा थोरै मात्रामा एकताबद्ध हुन सकिने जति यस्ता सबै मानिसहरूसित हामीले एकताबद्ध हुनुपर्छ ।

उनीहरूसित एकताबद्ध हुनु भनेको श्रमिक जनताको हितअनुकूल कुरा हो । हाल हामीले यिनै कार्यनीतिहरू अँगाल्नु पर्दछ । अल्पसङ्ख्यक जातिहरूसित एकताबद्ध हुनु एकदमै जरुरी छ । सिङ्गो देशभरिमा यस्ता मानिसहरूको सङ्ख्या तीन करोडजति छ । उनीहरूका क्षेत्रमा सामाजिक सुधार गर्ने कुराको ज्यादै महत्व छ र यस्तो सुधारलाई बडो सावधानीका साथ लागू गर्नुपर्दछ । हामीले कुनै हालतमा पनि उत्ताउलो हुनु हुँदैन किनभने अधैर्यले झमेला उत्पन्न गर्नसक्छ । परिस्थिति परिपक्व नभई सुधारकार्य गर्नु हुँदैन । सुधार कत्ति पनि गर्नै हुन्न भन्न खोजिएको चाहिँ निश्चय नै होइन ।

साझा कार्यक्रमले निर्दिष्ट गरेअनुसार अल्पसङ्ख्यक जातिहरूका क्षेत्रहरूका चालचलनहरू र लोक व्यवहारहरूमा सुधार गर्न सकिनेछ । तर अल्पसङ्ख्यक जातिहरूका क्षेत्रहरूका चालचलनहरू र लोकव्यवहारहरूमा सुधार गर्न सकिनेछ । तर अल्पसङ्ख्यक जातिले आफैँ त्यस्ता सुधारहरू गर्नुपर्दछ ।

जनसमर्थनबिना, जनसशस्त्र सेनाबिना र अल्पसङ्ख्यक जातिहरूका आफ्नै क्याडरहरूबिना जनव्यापी चरित्रको सुधार गर्ने कोसिस गर्नै हुँदैन । हामीले उनीहरूलाई उनीहरूका आफ्नै क्याडरहरूलाई प्रशिक्षित गराउनमा मद्दत गरी अल्पसङ्ख्यक जातिहरूका जनसमूहहरूसँग एकताबद्ध हुनैपर्छ । छोटकरीमा भन्ने हो भने हामीले चौतर्फी प्रहार गर्नु हुँदैन । चौतर्फी प्रहार गर्नु अवाञ्छित कुरा हो किनभने यसो गर्नाले राष्ट्रव्यापी रूपमा खिचातानी उत्पन्न हुनसक्छ । हामीले निश्चित नै अचाक्ली धेरै शत्रु बनाउनु हुँदैन । हामीले कतिपय क्षेत्रमा छूटहरू दिएर खिचातानीलाई मत्थर पार्नैपर्छ र आक्रमणलाई एकै दिशातर्फ केन्द्रित गर्नैपर्छ । हामीले आफ्नो काम राम्रोसँग गर्नुपर्छ ताकि सबै मजदुर, किसान र हस्तशिल्पकार हरूले हामीलाई समर्थन गरून् र राष्ट्रिय पुँजीपति वर्ग र बुद्धिजीवीहरूको अत्यधिक बहुसङ्ख्याले हाम्रो विरोध नगरून् ।

यसप्रकार क्वोमिन्ताङका रहलपहल फौजहरू, गुप्त दलालहरू र डाँकाहरू एक्लिनेछन् अनि हाम्रो देशका जनतासामु साम्राज्यवादीहरूले आफू एक्लो परेका देख्नेछन् । हाम्रो नीति यही हो, हाम्रो रणनीति र कार्यनीति यही हो र पार्टीको सातौँ केन्द्रीय समितिको तेस्रो पूर्ण अधिवेशनको कार्यदिशा यही नै हो । (स्रोत ः माओ त्से तुङका संकलित रचनाहरु, भाग ५
२०७४ पुस १५ गते अपरान्ह ५ : ५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!