विवेकको शव पाँच दिनदेखि अलपत्र

काठमाडौं : प्रहरीको गोलीबाट मारिएका म्यादी प्रहरी विवेक ऐडीको शव पाँच दिनदेखि कालीकोटको सदरमुकाम मान्ममा अलपत्र परेको छ । प्रशासनले आन्दोलनकारीका माग पूरा नगरेको भन्दै पीडित पक्षले शव बुझ्न नमानेकाले ऐडीको शव अलपत्र परेको हो । आफूले पाउनुपर्ने तलब सुविधामा कटौती गरिएको भन्दै म्यादी प्रहरीहरू आन्दोलनमा उत्रिएपछि प्रहरीले गोली चलाउँदा शुक्रबार साबिकको मेहलमुडी गाविस र हालको रास्कोट नगरपालिका वडा नं २ का म्यादी प्रहरी २१ वर्षीय विवेक ऐडीको मृत्यु भएको थियो । ऐडीको मृत्युपछि आक्रोशित भएका म्यादी प्रहरी र स्थानीय बासिन्दाले गोली चलाउने प्रहरी, आदेश दिने प्रजिअ र डीएसपीलाई कारबाहीको माग गरिरहेका छन् ।

आक्रोशित प्रदर्शनकारीहरूले सदरमुकाम मान्ममा रहेका दुईवटा प्रहरी बिट जलाउनुका साथै जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा समेत आगो लगाएका छन् । सोमबार सरकारी अधिकारी र पीडितका तर्फबाट गठित सङ्घर्ष समितिबीच वार्ता भए पनि उक्त वार्ता निष्कर्षविहीनजस्तै भएको छ । वार्ताका लागि गृह मन्त्रालयका सहसचिव मानबहादुर विक, डीआईजी रमेश खरेलसहितको टोली सोमबार मान्म पुगेको थियो । द्विपक्षीय वार्तामा प्रशासनले छानबिनपछि पीडितका माग सम्बोधन गर्ने बताएको थियो भने पीडितहरूले पहिले ऐडीलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र प्रदर्शनका क्रममा प्रहरीको गोली लागी घाइते भएकाहरूलाई उपचार गर्नुपर्ने अडान राखेका छन् । सङ्घर्ष समितिले छिमेकी जिल्ला जुम्लामा प्रतिव्यक्ति ६५ हजार, दैलेखमा ६१ हजारका दरले रकम वितरण गरेको भए पनि कालीकोटमा ५८ हजार मात्र वितरण भएको बताएको छ । यस्तै म्यादी प्रहरीको पोसाकका लागि प्रतिव्यक्ति ७ हजार १ सय रुपैयाँ बजेट आएकोमा प्रतिव्यक्ति ४ हजारका दरले वितरण गरिएको बताएको छ । यसैबीच कालीकोटमा म्यादी प्रहरीले गरेको आन्दोलनप्रति नेकपाले समर्थन र ऐक्यबद्धता जनाएको छ ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले शनिबार प्रेसविज्ञप्ति जारी गर्दै सदरमुकाम मान्म गोलीकाण्डका दोषीमाथि कारबाही गर्न र प्रहरीको गोलीबाट मारिएका विवेक ऐडीलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन् । उनले मृतकका परिवारलाई राहतको व्यवस्था र घाइतेहरूको उपचारको व्यवस्था गर्न पनि माग गरेका छन् । म्यादी प्रहरीको तलब र सुविधाको विषयलाई लिएर देशैभरि उठिराखेको समस्याप्रति नेकपा गम्भीर भएको बताउँदै प्रकाण्डले सरकारले बिनाकुनै छलछाम, षड्यन्त्र र भेदभाव म्यादी प्रहरीको तलब सुविधाको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

म्यादी प्रहरीले कालीकोटमा जारी राखेको आन्दोलनमा नेकपाको घुसपैठ भएको भन्दै प्रशासनले कफ्र्यु लगाएको छ । तर नेकपाका जिल्ला इन्चार्ज लोकजङ्ग शाही ‘समर’ ले अन्यायका विरुद्धमा भएको पीडितहरूको स्वतस्फूर्त आन्दोलनलाई सहयोग र समर्थन गर्नु स्वाभाविक भए पनि राज्यले आन्दोलन मत्थर पार्न र दमनको उद्देश्यसहित यस्तो आरोप लगाएको बताएका छन् । यसैगरी दोलखामा रासनवापतको दैनिक खर्चमा पूर्व सहमतीबमोजिम कायम नगरिएको विषयलाई लिएर पुस ३ गते अइतबार जिल्ला प्रहरी कार्यालय अगाडि म्यादी प्रहरीहरु आन्दो लनमा उत्रेका थिए । विशेषगरी रासनवापतको रकममा व्यापक कटौती गरिएको, गुणस्तरहीन खाना खुवाइएको एवं निर्धारित से वाक्षेत्र भन्दा अन्यत्र निर्माणमा समेत खटाइ अतिरिक्त पारिश्रमिक शोषण गरिएको एवं यसबारेमा सम्वन्धित अधिकारी समक्ष गुनासो गर्न जाँदा आफ्ना टोली कमान्डर माथि दुव्र्यवहार गरे कोले आन्दोलनमा उत्रन बाध्य हुनुपरेको आन्दोलनकारी म्यादी प्रहरी कृष्ण थापाले बताएका छन् ।

आफूमाथि भएको अन्यायको विषयमा छलफल गर्न खोज्दा प्रहरीप्रशासन अमानवीय ढंगले प्रस्तुत् भएको भन्दै उत्तेजित हुन पुगेको आन्दोलनमा ढुंगामुढासमे त भएको थियो भने प्रहरीले एक जना पुरुषसहित ७ जना महिला म्यादी प्रहरीमाथि अन्धाधुन्ध दमन गरी घाइते बनाएको छ । आन्दोलनकारी संगिता नेपाली गम्भीर घाइते भएकी छन् । ने पालीको अवस्था चिन्ताजनक छ भने घाइते सबैलाई अस्पताल भर्ना गरिएको छ । आन्दोलनले करिब ४ सय जनाको संख्यामा रहेको आन्दोलन सदरमुकाम चरिकोट परिक्रमा गरी चर्को नार ाबाजीमा उत्रेको थियो । यता अधिकांश संचारकर्मी र सरोकार वाला स्थानीय जनताको दबाव पश्चात वार्तामा जोड दिएको जिप्रकाले भने यसअघि जस्तै सहमतिअनुसार कार्यान्वयनमा जोड दिनेमा शंका रहेको आन्दोलनकारीले बताएका छन् । स्रोत : रातो खबर साप्ताहिक,  पुर्णाङ्क १२३, पुस १२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :