विश्वभरि माओ दिवस मनाइँदै / सांस्कृतिक क्रान्तिको महत्व झनै बढेर गएको छ : विरही


अम्बिका चन्द/काठमाडौं : चिनियाँक्रान्तिकानायकमाओ त्से तुङको १२५ औं दिवस विश्वभरि विभिन्नकार्यक्रम गरी मनाइएको छ । डिसेम्वर २६ अर्थात् पुस ११ गते विश्वभरिका कम्युनिस्टहरुले माओलाई आदर्श व्यक्तिमान्दै उनलाई सम्झने गर्दछन् । यता नेपालमापनि नेकपाकाविभिन्नभातृसंगठनहरुद्वारा गठित ‘माओ दिवस समारोह समिति’को आयोजनामा एक कार्यक्रम सम्पन्नगरिएको छ । मंगलवार काठमाडौं अनामनगरस्थित संवाद डबलीमा आयोजितउक्तकार्यक्रममा सहभागीहरुले माओका योगदानहरुको ारेमाब्याख्या गरेका छन् । कार्यक्रमकाप्रमुखअतिथि नेकपाकापोलिटब्युरो सदस्य ‘विरही’ ले माओले विश्वकाश्रमिकहरुको मुक्ति र साम्राज्यवादीज्यादतीका विरुद्ध चीनबाट छेड्नु भएको सर्वहारा क्रान्तिको महत्वअहिले निकै बढेर गएको बताए । माओले विकास गरेको दिर्घकालीन जनयुद्धको सिद्धान्तले तत्कालीनचिनियाँतानाशाहीशासकलाई घुँडा टेकाउन सफलभएको इतिहास स्मरण गर्दै उनले माओको निधनपछि विश्वमामजदुर वर्गको मुक्तिआन्दोलनमा साम्राज्यवादी र विस्तारवादीतथा घरेलु दलालपुँजीवादीहरुले हमला शुरु गरेकोसमेत बताए । नेपालमा अमेरिकी र भारतीय साम्राज्यवादको इसारामा देशकादलालहरुले राष्ट्रिय स्वाधीनतालाई खतरामापारेको बताउँदै देशलाई दलालव्यवस्था र पराधीनताबाट मुक्त गरी सार्वभौम तुल्याउनआफ्नो पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि सारेको पनि नेताविरहीको भनाइ छ ।

कार्यक्रमकाविशेष अतिथिएवं नेकपाका सल्लाहकार समितिकाअध्यक्षअसारे काकाले माओले खराबप्रवृत्ति हुर्कन र फैलिननदिनबुर्जुवामुख्यालयमा बम बर्साउन पार्टी पंक्तिलाई आह्वान गरेको स्मरण गर्दै कम्युनिस्ट पार्टीभित्र बसेर अवसर खोज्ने र लुट्नेहरुको टाउकामा वैचारिक बम हान्नुपर्ने बताए । साथै काकाले दलालपँुजीवादीव्यवस्थालाई परास्तगर्न नेकपाले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशाएकमात्रविकल्पभएको कुरामाजोड दिए ।

अखिल नेपालमहिला संघ क्रान्तिकारीकीअध्यक्षबन्धु चन्दले मजदुर वर्गकामहान् नेतामाओको योगदानमानव समाजलाई मुक्तगर्न र समृद्ध बनाउनअविस्मरणीय रहेको बताइन् । नेपालमा वैज्ञानिक समाजवादीव्यवस्था स्थापनागर्न माओले चलाउनु भएको क्रान्तिको महत्वअहिले झनै बढेर गएको चन्दको भनाइ छ । दलितमुक्तिमोर्चाकाअध्यक्ष रामलालविकले जातीयविभेदको अन्त्यगर्न र श्रमिकवर्गलाई मुक्तगर्न माओको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । यस्तै अखिल (क्रान्तिकारी)काअध्यक्ष पूर्णबहादुर सिंहले वैज्ञानिक समाजवादीव्यवस्था स्थापनागर्न माओले पु¥याएको योगदानविद्यार्थी वर्गकालागि प्रेरणाको स्रोत भएको बताए । माओद्वारा तक्रान्तिकालीनशिक्षाअवलम्बनगर्न सके मानवजातिलाई नयाँ चेतनामा पु¥याउने उनको भनाइ छ ।

कार्यक्रममा नेकपाकापोलिटब्यूरो सदस्यहरु कृष्ण धमला ‘गम्भिर’ मोहनकार्की ‘जीवन्त’, केन्द्रीयहरु सदस्यहरु आजाद, रबि, धनबहादुर महर्जन, जनगणतान्त्रिक सम्पर्क मञ्चकाअध्यक्ष रत्न मगर, उद्योग वाणिज्य महासंघ नेपालकाअध्यक्षयुवराज पराजुली, अखिल नेपालक्रान्तिकारी टे«ड युनियनमहासंघका अनु, नेपाल बुद्धिजीवी संगठनका अध्यक्ष टिका कँडेललगायतको उपस्थिति रहेको थियो । बन्धुचन्दको अध्यक्षतामा सम्पन्नकार्यक्रमको संचालनअखिल नेपालजनसाँस्कृतिकमहासंघका महासचिव खेम थपलियाले गरेकाथिए ।
स्रोत : रातो खबर साप्ताहिक, पुर्णाङ्क १२३ प्रकाशित
पुस ११ गते

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :