स्टालिनबारे

‘स्टालिनबारे’ नाउँको यो सानो पुस्तिका स्टालिनको जीवनीको ठेलीभन्दा महत्वको छ किनभने स्टालिनको जीवनी सरसर्ती पढेर हामीले कुनचाहिँ कुरा बढी महत्वको छ भन्ने थाहा पाउन त्यति सजिलै सक्दैन । यस पुस्तिकामा स्टालिनका कुन कुन कामहरू महत्वका छन् भन्ने कुरा छर्लङ्ग पारिएको छ । कार्ल माक्र्सले आफ्नो परिवार र जीवन अर्पेर सिद्धान्तको खोजी गरे । लेनिनले विकास गरेर तत्कालीन समाजलाई बाटोे देखाएर र क्रान्तिलाई सफलतामा पु¥याए भने स्टालिनले समाजवादलाई व्यवहारमा लागू गरेर देखाए र आफ्नो जीवनभर त्यसलाई रक्षा गरेर राखेका थिए ।

स्टालिनको मृत्युपछि सोभियत संघ र माओ त्से तुङको मृत्युपछि चीनमा मुकुण्डो भिरेका धोकेबाजहरूले जनतालाई धोका दिएर समाजवादी समाज व्यवस्थालाई चकनाचुर पारेर बिगारेका छन् । धोकेबाजहरूको कुकृत्यले गर्दा आज सोभियत संघ र चीनका जनताले दुःख पाएका छन् र नराम्रो स्थिति भोगिरहेका छन् । प्रतिक्रियावादीहरू सिद्धान्तदेखि त्यति डराउँदैनन् । व्यवहारदेखि एकदमै डराउँछन् । स्टालिनको समाजवादी व्यवहारलाई बिगार्न उनीहरूले अनेक षड्यन्त्र गरे, जासुसहरू लगाए, हिटलरजस्तो फासिस्टलाई सोभियत संघमाथि आक्रमण गर्न लगाए तर समाजका सच्चा पुरुष, लौह पुरुष स्टालिनलाई परास्त गर्न सकेन । बरु सम्पूर्ण साम्राज्यवादहरूले स्टालिनको अगाडि घुँडा टेक्नुप¥यो । त्यसैले जसरी हात्ती देखेर कुकुर भुक्छ । त्यसैगरी साम्राज्यवादीहरू स्टालिनलाई गाली गर्ने गर्दछन् ।

हिटलरलाई हौस्याएर १४ वटा साम्राज्यवादी देशहरूले एकैचोटी सोभियत संघमाथि आक्रमण गरी लाखाँैलाख सोभियत जनताको हत्या गरेका र पाकिराखेको सम्पूर्ण बालीनालीमा आगो लगाउँदै अगाडि बढेका थिए । त्यसबेला स्टालिनको वीरत्वपूर्ण नेतृत्वमा सोभियत जनताले अपार सफलता प्राप्त गरेर सम्पूर्ण साम्राज्यवादी शक्तिहरूलाई जर्मनीमा घुँडा टेकाएर हार स्वीकार गर्न लगाएका थिए । यसरी लुते कुकुरले झैं हार्नुपरेकाले साम्राज्यवादीहरू स्टालिनलाई गाली गर्ने गर्दछन् । आज विश्वमा जति पनि घटनाहरू थपिँदै जाँदैछन्, त्यति नै स्टालिनको कामको महत्व बढ्दो छ । थाहा भएका दुश्मन जतिलाई परास्त गर्नुपर्छ र कतै मौका दिनुहुँदैन भन्ने कुरा सत्य सावित हुँदै जाँदैछ ।

सोभियत संघमा पार्टीभित्र लुकिबसेका दुश्मनलाई थाहा पाउन नसकेर धोका भयो र समाजवादी व्यवस्थामा आँच आयो भने चीनमा ‘उदारवादको विरोध गर’ भन्ने महान् गुरु माओ त्से तुङ आफैँ चाउ एन लाईको सिफारिसमा देङ सियाओ फङप्रति उदार भइदिनु भएर चीनको राज्यसत्तामा दुश्मनहरूले कब्जा गर्न सकेका छन् । सोभियत संघ र चीनको घटनाले स्टालिन र स्टालिनका कामहरू बढी सही सावित हुन आएका छन् ।

अनुवादक : मदनमोहन जोशी
अनुवादक : मदनमोहन जोशी

आज संसारका जनताका दुश्मनहरू जसरी प्रस्तुत भएका छन्, त्यसलाई हेर्दा यसबेला अर्को स्टालिनको आवश्यकता महसुस गरिएको जस्तो लाग्छ । समयको खाँचो परिपूर्ति गर्न संघर्षमा जनताले नेता तयार पार्छ । आजको संसारमा बचेखुचेका सामन्तहरू पुँजीवादी र साम्राज्यवादीहरूसँग निरन्तर संघर्षका निम्ति स्टालिनजस्ता नेताको ठूलो महत्व छ । स्टालिन संसारका श्रमजीवी जनता, आफ्नो कमाई आफैँ गरिखाने जनताका सच्चा साथी हुन् । उनको काम र देनले यो कुरालाई प्रष्ट पारेको छ ।

(सन् १९६३ सेप्टेम्बर १३ मा जनदैनिक र रातो झन्डामा प्रकाशित ‘स्टालिनबारे’ पुस्तकको नेपाली अनुवाद २०२८ को अनुवादकीय, अनुवादक : मदनमोहन जोशी) स्राेत : राताे खबर साप्ताहिक , पुस  ५  

२०७४ पुस ८ गते दिउँसाे १ : ४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :