इन्टरनेट र अनलाईन पत्रकारिता : अम्बिका चन्द

‘पहिलेका भेनाहरू ससुराली जाँदा सासु आमा साली खोइ भनेर सोध्ने गर्थे । आजकालका केटाहरू ससुराली गए मम्मी हजुर यहाँको वाईफाईको पासवर्ड के होला भनेर सोध्छन् जमाना क्या चेन्जेवल साथीहरू हो’ तीन हप्ता पहिले राजधानीमा चल्ने वाईफाईवाला साझा बसको पछिल्लतिरको सिटमा बसेका कलेज पोशाकमा रहेका युवाहरूको आपसी संवाद हो यो ।

सामान्यतः आमसञ्चारका माध्यम भनेपछि अखबार, रेडियो र टेलिभिजन भनेर बुझिन्छ । तर प्रविधिको उच्चतम विकासको रूपमा पछिल्लो समय आम सञ्चारका माध्यमको रूपमा अनलाइनको विकास भएको छ । मानिसहरू यसलाई तीव्र गतिको रेल भन्ने गर्दछन् । इन्टर नेटको विकासले विशाल पृथ्वी पनि सानो आगनमा बदलिएको छ । समयावधिको हिसाबले हेर्दा इन्टरनेटको विकास भएको जम्मा तीन दशक मात्र भएको छ । अखवार शुरुवातको धेरै लामो इतिहासपछि सन् १९९० देखि मात्र यसको शुरुवात भएको मानिन्छ । त्यसैले १९९० को दशकलाई इन्टरनेटको दशक भन्ने पनि गरिन्छ । इन्टरनेट आफैमा सञ्चार माध्यम होइन तर यसलाई आमसञ्चार माध्यमको रूपमा प्रयोग गर्नेक्रम निकै बढिरहेको छ ।

खासगरी इन्टरनेट व्यक्तिहरूका विचमा (email, mail box), निश्चित समुहहरूमा (Mailing list), संगठनहरूमा (company websites) र आमसंचार माध्यममा (www.online news portal) मा उत्तिकै प्रयोग हुँदै आएको हो । तर पनि पछिल्लो समय इन्टरनेट आम सञ्चारको सशक्त माध्यम बन्दै गएको छ । जसको कारण अन्य आम सञ्चारका माध्यम छापा, रेडियो र टेलिभिजनलाई निकै चुनौति सिर्जना भएको छ । विश्वमै प्रसिद्ध ठानिएका ठूला सञ्चारगृहहरूले इन्टरनेटको व्यापक प्रयोग गर्दा अनलाइनकै लागि भनेर समाचार सङ्कलन र उत्पादन गर्ने संचारगृहहरूको स्थापनामा एकखालको प्रतिस्पर्धा नै छ ।

साँच्चिकै आजभोलि युवा पुस्तामा इन्टरनेट अथवा अनलाईन भन्ने शब्द निकै लोकप्रिय बनेको छ । मानिसहरू इन्टरनेट शब्दको परिभाषा बुझेर होस् या नबुझेरै भएपनि यसको प्रयोग अत्याधिक गरेको पाइन्छ । एउटा ग्रामीण इलाकाको सामान्य निरक्षर व्यक्तिले पनि फलानाको छोराले विदेशबाट नेटमा कुरा गरेको छ भनेको सुनिन्छ । आज हरेक व्यक्तिको हातमा स्मार्ट फोन हुने हुँदा होटेल, रेष्टुरा, अफिस, गाडीको यात्रामा (साझा बसमा चढेका युवाले भनेझैं) वाईफाईको पासवर्ड माग्न हतारिन्छन् । इन्टरनेटको कारण आज समय निकै बदलिएको छ, जसले गर्दा धेरै विकास र केही विकृतिहरू पनि सिर्जना गरेको छ । ठूला सङ्ख्यामा मानिसहरूले दिनहँु दोहो¥याई तेहे¥याई उच्चारण गर्न बाध्य हुने यो इन्टरनेट भनेको के हो त ?

इन्टरनेट भनेको भू–उपग्रहमार्फत् संसारभरि फैलिएको कम्युटरहरूमा हुने एउटा सिस्टम हो । कम्प्युटरले बुझ्ने भाषामा कुनैपनि सामाग्री राखेर त्यसलाई एउटा कम्प्युटरबाट इन्टरनेटमा छोडेपछि (uplink) विश्वभरिका कम्प्युटरमा एकैपटक र आफूले चाहेको बेला हेर्न, पढ्न र सुन्न सकिन्छ । जस्तै नेपालको एउटा कम्प्युटरमा छोडेको सामाग्री तत्काल अमेरिकामा रहेको कम्प्युटरमा त्यहाँको जो कोही व्यक्तिले हेर्न सक्छ र झिक्न (download) गर्न सक्छ । इन्टरनेटको पहुँच र प्रशारण असिमित हुन्छ । तर रेडियो, टेलिभिजनको निश्चित तरङग पुग्ने ठाउँसम्म मात्र पहुँच र प्रभाव हुन्छ । छापा माध्यमको सामाग्री त झन् मानिसले बोकेर अर्को ठाउँसम्म पुर्‍याएपछि मात्र त्यो पढ्न र हेर्न सम्भव हुन्छ । त्यस्तै अखवारको पहुँच त झन् कम हुन्छ । तर इन्टरनेट संसारभरि अरबौँ मानिसले कम्युटर सफ्टवेयरमार्फत् एकैपटक पढन, हेर्न र सुन्न सक्छन् । अर्कोतिर इन्टरनेट सर्वसुलभ पनि छ । कम्प्युटर मात्र नभएर एउटा कम मूल्यको मोवाइल, ट्याब्लेटमा पनि यो सुविधा हुन्छ । आजकाल त झन् कम्प्युटर पनि निकै कम मूल्यमा र सानो आकारमा पाइने हुँदा सर्वसाधारण मानिसले इन्टरनेट प्रयोग गर्न सक्छन् ।

मानवीय चासो र रुचिका विभिन्न विषयमा समाचार सङ्कलन गरी यसरी इन्टरनेटमा उपलब्ध गराउनुलाई अनलाईन भनिन्छ । इन्टरनेटको विकास भएको निकै छोटो अवधिमा नै नेपालमा अनलाइनको शुरुवात भएको हो । १९९५ मा नेपालमा इन्टरनेटमा समाचार उपलब्ध गराउने पहिलो नेटपत्रिका काठमाडौं पोष्ट हो । काठमाडौं पोष्ट नेपालको मात्र नभई दक्षिण एसियाकै पहिलो अनलाईन पत्रिका मानिन्छ । यस्तै अहिलेसम्मको आँकडाअनुसार धेरै मानिसमा लोकप्रिय अनलाईन पत्रिकाको रूपमा नेपाल न्युज डटकमलाई लिइन्छ । यो साईड नेपालका कूल जनसङ्ख्याको ४ भाग भन्दा बढीले लग अन गरिएको बताइन्छ । नेपालीहरू संसारका विभिन्न देशहरूमा छरिएर रहेको र यहाँका गतिविधि थाहा पाउनको लागि यो साइड लगअन गर्ने हुँदा करोडौं पटक लगअन गरिएको मानिन्छ ।

इन्टरनेटको विकासले अनलाईन पत्रकारिताको विकाससँगै पत्रकारहरूलाई धेरै खालका चुनौति पनि थपिदिएको छ । अनलाईका लागि समाचार सङ्कलन लेखन तथा सम्पादन गर्नुलाई अनलाइन पत्रकारिता भनिन्छ ।

आजभोलि अनलाईनको लागि विभिन्न सञ्चारगृहहरू खुल्ने क्रम बढिरहेको छ र अनलाइनकै लागि भनेर पत्रकारहरू (reporter) तयार गरिन्छ । शुरुमा अनलाईन टेक्स मात्र थियो । पछि श्रव्य शुरु भयो र त्यसपछि दृश्य पनि शुरु भयो । यसो हुँदा रेडियो सुन्नको लागि भयो । पत्रिका पढ्नको लागि भयो र टेलिभिजन हेर्नका लागि । तर अनलाइन हेर्न, सुन्न, पढन, प्रतिक्रिया दिन पनि सम्भव भयो । त्यसैले अनलाईनलाई रेडियो, टेलिभिजन र छापा माध्यमको समिश्रण पनि भन्ने गरिन्छ । यसो भएपछि अब अनलाईन पत्रकारिता झनै चुनौतिपूर्ण बन्यो । पत्रकारिता गर्नको आधारभूत रूपले संचारमाध्यमका सैद्धान्तिक नियमहरू एउटै भएपनि अनलाईन पत्रकारिता चुनौतिपूर्ण छ । अनलाईन पत्रकारिताका गर्नका लागि एउटा मात्र विधामा दक्षता हासिल गरेर पुग्दैन । यसका लागि कम्प्युरको अनिवार्य ज्ञान हुनु पहिलो शर्त हो । त्यसपछि इन्टरनेट सम्बन्धी ज्ञान हुनु आवश्यक हुन्छ । यस्तै अन्य प्राविधिक सामाग्रीहरूको ज्ञान हुनु आवश्यक हुन्छ । जस्तै क्यामेरा, रेकर्डर, स्मार्ट फोन, विभिन्न खाले लिडहरू, स्क्यानर लगायतका सामग्रीहरूको ज्ञान हुन आवश्यक हुन्छ । अहिलेको प्रविधिले सुसज्जित जमानासँगै अघि बढ्नको लागि भाषा र ड्राइभिङको ज्ञान पनि हुन आवश्यक छ । यसो भएमा मात्र अनलाईन पत्रकारिता गर्न सजिलो हुन्छ ।

२०७४ पुस ३ गते दिउँसो २ : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :