देउवाको घरमा शक्तिशाली विष्फोट

काठमाडौं : प्रम तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा शुक्रबार साँझ ८ बजेतिर शक्तिशाली बम विष्फोट भएको छ । उपत्यकामा ३ घण्टाको अन्तरालमा ४ वटा शक्तिशाली विष्फोट भएका छन् । विष्फोट लगत्तै व्यापक प्रहरी परिचालन गरिएको स्थानीयले बताएका छन् । घटनाबारे थप विवरण आउन बाकि छ । यसअघि शुक्रबार साँझ करिब ६ः३० बजेतिर ललितपुरको कुपन्डोल र काठमाडौंको बुद्धनगर नजिक बम विष्फोट भएको छ । यूएन पार्क नजिक शक्तिशाली बम विष्फोट भएपनि मानविय क्षति नभएको प्रहरीले बताएको छ । विष्फोटको ठूलो आवाज आएको थियो । त्यसलगत्तै ७ बजेर १५ निनेट जाँदा गुर्जुधारामा बम विष्फोट भएको खबर प्राप्त भएको छ भने ७ बजेर २१ मिनेट जाँदा सितापाइलाको शरणपुरस्थित टुसालडाँडा मतदान केन्द्रनजिकै अर्को शक्तिशाली बम विष्फोट भएको छ । यसैगरी कांग्रेस युवा नेता प्रदीप पौडेलको घरमा बम विष्फोट भएको छ । तनहुँको गणपतेस्थित पौडेलको घरमा शनिबार बिहान ४ : ४५ मा बम विष्फोट भएको हो । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पौडेल तनहुँ क्षेत्र नम्बर २ (क)का उम्मेदवार समेत हुन् । घरको आँगनमा बम विष्फोट भएको र घरका सबै सदस्य सकुशल रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । घरमा भने सामान्य क्षति भएको छ ।

२०७४ मंसिर १६ गते ८ : २२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :