दाङबाट थप ४ जना गिरफ्तार / बन्दीहरुलाई यातना

 जानकी दहित / दाङ : दाङबाट शिक्षक, विद्यार्थीलगायत थप चार जना गिरफ्तार भएका छन् । घोराहीबाट हिजो साँझ नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य जनक विक, अखिल (क्रान्तिकारी)का दाङ जिल्ला उपाध्यक्ष अनिल केसी, विद्यार्थी मनोज केसी र शिक्षक रामा चौधरीलाई लमहीबाट दाङ प्रहरीले गिरफ्तार गरेको छ । विद्यार्थीलगायत तीनजनालाई हिजो साँझ घोराहीमा बाटोमा हिडिराखेको बेला विनाकारण गिरफ्तार गरेको र शिक्षक रामा चौधरीलाई गएराती घरमा सुतिरहेको बेला मध्यरातमा विनाकारण प्रहरीले गिरफ्तार गरेको नेपाल कम्युनिस्ट पार्टीले दाङले जनाएको छ । राजनैतिक आस्थाका आधारमा अहिले देशभर नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता, समर्थक जनतालाई समेत राज्यले व्यापक धरपकड गरिरहेको छ । दाङबाट मात्र शुभचिन्तकसम्म गरि झण्डै दुई दर्जन जति गिरफ्तार गरिसकेको छ ।  यसैबीच जेल, हिरासतमा राखिएका आफ्ना नेताकार्यकर्ता, समर्थक जनतालाई प्रहरीले यातना दिइरहेको नेपाल कम्युनिस्ट पार्टी दाङले जानकारी दिएको छ । विनाकारण आफ्नो कामले बाटोमा हिडिरहेका, घरमा बसिरहेका, सुतिरहेकालाई जबरजस्ती प्रहरीले गिरफ्तार गरि जेल हिरासतमा राखेर शारीरिक यातना दिइरहेकोप्रति नेकपा दाङले घोर आपत्ति जनाएको छ । राजनैतिक आस्थाकै आधारमा आफ्ना निर्दोष कार्यकर्ता समर्थक शुभचिन्तक जनताहरुलाई गिरफ्तार गरि जेल, हिरासतमा शारीरिक यातना दिइरहेकोप्रति मानवअधिकारवादीहरु, नगारिक समाजलगायत सबैको ध्यानाकर्षण गराउँदै राज्यको दमनकारी हर्कत रोक्न आग्रह गरेको छ ।

२०७४ मंसिर १५ गते राती ८ : २२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :