१६ गते प्युठान बन्द आव्हान

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी प्युठान जिल्ला इन्चार्ज विष्फोटले गिरफ्तार गरिएका नेता–कार्यकर्ता, समर्थक तथा शुभचिन्तकको रिहाई र गिरफ्तारी बन्द गर्न माग गर्दै मंसिर १६ गते जिल्ला बन्दको आह्वान गरेकाे छ । इन्चार्ज विष्फोटले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त आह्वान गरेको हो । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ – “यहाँको प्रशासनको कालो आतंक र अमानवीय क्रुर दमनको विरोधमा र गिरफ्तार गरिएकाहरूलाई विनासर्त सिघ्र रिहाइको लागि नेकपा प्युठानले मंसिर १६ गते एक दिने प्युठान बन्दको आह्वान गर्दछ ।” विष्फोटले बन्द सफल बनाउन सहयोग गर्न उद्योगी, व्यापारी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी, समाजसेवी, यातायात व्यवसायी, शिक्षक कर्मचारी, शिक्षण संस्था, सुरक्षाकर्मी, पत्रकार र मानव अधिकारकर्मीलगायत सम्पूर्णलाई आग्रह समेत गरेका छन् । उनले बुधबार माण्डवी गाउँपालिका ४ बाट कर्णबहादुर बिएम, छविलाल बाठामगर, प्रकाश बाठामगर र नवीन थापा मगरलाई विना कारण आफ्नै घरवाट गिरफ्तार गरेको बताएका छन् । उनले गाउँगाउँमा प्रहरीले नांगो आतंक मच्चाएको भन्दै तत्काल बन्द गर्न भनेका छन् ।

२०७४ मंसिर १५ गते ८ : ०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :