कांग्रेस उम्मेदवार धरापमा

काठमाडौं : प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीको सवारी साधन धरापमा पर्दा कार्कीसहित ४ जना गम्भीर घाइते भएका छन् । कटारीबाट उदयपुरगढीको नेपालटार बजारमा आयोजित आमसभामा सहभागी हुन कार्कीसहितको टोली जाँदै गर्दा करिब १०ः३० बजे सडकमुनी राखिएको धराप विष्फोट भएको हो । उदयपुरगढी गापा वडा ५ र ६ को बीचमा पर्ने दनुवारबेंसी पुग्दा कार्की चढेको बा १५ च ७८०६ नम्बर सवारी साधन धरापमा परेको थियो । प्रत्यक्षदर्शीका अनुसार विष्फोट हुँदा सवारी साधन करिब १० मिटर माथिसम्म उछिट्टिएको थियो । घटनामा परी उम्मेदवार कार्की र उनका कार्यकर्ताहरु मीरा कटुवाल, धनमाया धौलाकोटी र चालक राजन कार्की गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

२०७४ मंसिर १३ गते मध्यान्न १ : २६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :