त्रिशूलीमा बस खस्याे / ६ जनाकाे मृत्यु

काठमाडौं : काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको सवारी साधन चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु  भएको छ । लु २ ख २९१ नम्बरको बस बिहान ९ः१५ बजे नदीमा खसेर भएको दुर्घटनामा २१ जना घाइते भएका छन् । मृतकमध्ये चार पुरुष र दुई महिला छन् । उनीहरू कसैको पनि सनाखत हुन सकेको छैन । घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि काठमाडौं र अन्यलाई भरतपुरतर्फ लगिएको छ ।  बस पानीमा डुबेका कारण थप क्षति हुन सक्ने अनुमान प्रहरीले गरेको छ । अहिले उद्धार जारी छ ।

२०७४ मंसिर १३ गते मध्यान्न १२ : १८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :