अर्को खिलराजको खोजी

२०४६ सालदेखि २०६३ सालसम्मको अभ्यासबाट असफल संसदीय दलहरु

download (3),नेपालमा राजनीतिक अस्थिरता र आर्थिक संकट तथा चरम अराजकता पैदा गरेर अर्को खिलराज खोज्ने र त्यसमार्फत प्रतिगामी दिशामा देशलाई लग्ने षड्यन्त्र भैरहेको छ ।दिल्लीको संस्थापन पक्ष नेपाललाई १२ बुंदे सहमती भन्दा अगाडी धकेल्न चाहन्छ ।२०२६ सालमा फिर्ता हुन बाध्य भएको भारतीय सेनालाई नेपालमा पुन ः फर्काउने तानाबाना बुन्दैछ । हवाई अड्डामा ’कमाण्डो’ राख्ने वा कोशी या गण्डक बाँधको सुरक्षाको नाममा उसले नेपालमा अंशअंशमा आफ्नो सैन्य उपस्थिति बढाउंदै लग्ने रणनीति बनाएको छ ।

नेपाली कांग्रेस त्यो दिशामा गैसकेको छ । अमरेश कुमार, कृष्ण सिटौला, सशांक कोईरालादेखी खुमबहादुर खड्काको मोर्चाबन्दी त्यसैको प्रमाण हो । गिरिजाप्रसाद कोईरालाका भान्छेका रक्त आफन्त अम्विका बस्नेतको देउवा गुटमा पलायन हेर्दा कोइराला परिवार नै परम्परागत चिन्तन र आदर्श छोडेर भाजपाको घेरावन्दीमा परिसकेको सहजै बुझ्न सकिन्छ । हालै कांग्रेस र प्रचण्ड समूहका विचमा भएको गठबन्धनले त्यसलाई नै सहयोग गर्नेछ । गति दिनेछ ।संसदीय दलहरुका विचमा विवाद अनन्ततिर जाँदैछ ।न संविधान संशोधन, न त कार्यन्वयन, न त चुनाव।।।।। ।संसदीय मारामार, लुछाचुँडीका कारण साझा व्यक्तित्व भन्दै फेरि रेग्मीको स्थानमा अर्को कुनै खिलराजको खोजीतिर दलहरु जाँदैछन्।

नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोलाले साउन ९ गते रिपोर्टस क्लवको एक कार्यक्रममा सो कुरा बताउनु भएको थियो ।के।पी। ओली सरकारले मंसिरमा स्थानीय निकायको निर्वाचन गराउने तयारी गरिरहेका बेला सरकार नबन्दै प्रचण्ड९देउवा गठबन्धनले चैत्रमा सार्ने भनि गरेको सहमती सार्वजनिक भएपछि साउन १४ गते नेकपा ९एमाले०का नेताहरुले नयाँ गठबन्धनलाई खिलराजको खोजी गर्न लागेको आरोप लगाएका छन् । माओवादी पार्टीका नेता बास्तोलाले अर्को खिलराजको खोजी भैरहेको रहस्योद्घाटन गरेको ५ दिनपछि देउवा९प्रचण्ड गठबन्धनलाई नेकपा ९एमालेले त्यही आरोप लगाएको छ । त्यसैले २०४६ सालदेखि २०६३ सालसम्मको अभ्यासबाट असफल संसदीय दलहरु, उनीहरुको राजनीति र नेताहरुले फेरि अर्को खिलराजको खोजी गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :