तिलाठीबाट भारतीयहरू लखेटिए

नारा थियो नेपाली भूमि मिच्न दिँदैनौँ, दिँदैनौँ ! दसगजामा बाँध बान्न दिँदैनौँ, दिँदैनौँ !!

भारतले अन्तर्राष्ट्रिय कानुन, प्रचलन, परम्परा र मानवीय संवेदनाको बेवास्ता गर्दै दसगजाआसपासमा बाँध बाँधेर नदीको प्राकृतिक बहाव रोक्दै आएको छ । यसको कारण देशभरिका सिमानाका नेपाली भूभाग डुबानमा पर्ने र विस्थापित क्रम बढिरहेको छ । त्यसको पछिल्लो घटना हो सप्तरीको तिलाठी गाविस । आजभन्दा १५ वर्षअघि भारतले खाँडो नदीमा तिलाठी क्षेत्रको दसगजाभित्रै बाँध बाँधेर नेपाली भूमि डुबानमा परेको थियो । हालै आएको बाढीले १५ वर्षअघि भारतले अनधिकृत रूपमा बाँधेको बाँध भत्काएर नदीको बहाव पुरानै अवस्थामा फर्केपछि नेपाली भूभागका बासिन्दाले राहत महसुस गरेका थिए ।

भारतीय पक्षले दसगजाभित्रै फेरि गतबुधबारदेखि बाँध बान्न थालेपछि स्थानीय जनता र प्रशासनले त्यसो नगर्न भारतीय पक्षलाई अनुरोध गरेका थिए । भारतीय सीमा सुरक्षा बल (क्क्द्य) र भारतीय नागरिकले जबरजस्ती बाँध बान्न थालेका थिए । भारतीय प्रहरी र नागरिकहरू दिनभर सामान जम्मा गर्ने र रातभर बाँध बान्ने गर्थे । उक्ते बाँधबाट सप्तरी सीमावर्ती तिलाठी, समपुरा, मल्हनिया, सकरपुरा, बिपिरया, कोइलाडी र बरसाइन गाविसा डुबानमा पर्दै आएका थिए । गत बुधबारदेखि रातमा भारतीय पक्षले बाँध बान्ने तर नेपाली जनताले दिउँसो भत्काउने भइरहेको थियो । सप्तरी, तिलाठीस्थित सशस्त्र प्रहरी निरीक्षक ज्ञानबहादुर श्रेष्ठले ‘भारतीयहरू राति लुकेर बाँध बनाउने र दिनमा नेपालीले भत्काउने क्रम चलिरहेको’ हाम्रा सप्तरी संवादतालाई बताएका थिए ।

tilathi  स्थानीय जनता लगातार प्रतिकारमा उत्रिएपछि भारतीय पक्ष बाँध निर्माणकार्य रोक्न बाध्य भएको छ । शुक्रबार अपराह्न दुई देशका अधिकारीबीच बाँध निर्माणकार्य रोक्ने सहमति भएको छ । त्यसअघि भारतीय पक्षले गरेको आक्रमणमा १२ जना नेपाली घाइते भएका थिए । ‘तर नेपालीहरू ठूलो मात्रामा उत्रिएपछि भारतीय पक्ष पछि हट्न बाध्य भयो’, स्थानीय समाजसेवी देवनारायण यादव भन्छन् । उक्त झडपका कारण बिहीबार र शुक्रबार कुनौली नाका बन्द थियो । कोसी ब्यारेजको कार्यालय भवनमा भएको दुई देशका अधिकारबीचको बैठकले ‘नेपालका तर्फबाट जलउत्पन्न प्रकोप व्यवस्थापन विभाग र बिहार सरकार जल संशोधन विभागका प्रतिनिधि संयुक्त टोली गठन गर्ने’ निर्णय भएको छ । हाल दसगजामा कुनै भौतिक संरचना वा बाँध निर्माण रोक्ने सहमतिसमेत भएको छ । उक्त टोलीले आआफ्नो देशको सरकारलाई आवश्यक सुझाव पेस गर्नुपर्नेछ ।

गत बिहीबार बिहानैदेखि तिलाठीमा डुबान प्रभावित आसपासका क्षेत्रबाट नेपालीहरू विरोधका लागि जम्मा हुँदै थिए । भीडमा नेपालीहरूले चर्को नारा लगाएका थिए । भारतीयहरूले बिहार प्रहरीको आडमा नेपालीमाथि आक्रमण गरेपछि नेपालीले प्रतिकार गरे, बाँध भत्काइदिए । भारतीयहरूको आक्रमणमा हर्ष कर्ण, रोशनकुमार झालगायत ६ जनाको टाउको फुटेको छ । बिहीबार र शुक्रबार तिलाठी क्षेत्र रणमैदान बनेको थियो । घाइतेहरूको गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा उपचार भइरहेको छ । दसगजा क्षेत्र अतिक्रमण गरी खाँडो नामक खोलामा बाँध बाधेर नेपाली भूमि भारतीयले डुबानमा पारेका कारण उक्त समस्या उब्जिएको हो ।

भारतीयहरूको भीडमा सादा पोसाकमा सीमा सुरक्षा बल र पोसाकमै बिहार प्रहरी मिसिएर प्रतिकारमा उत्रिएका थिए । भारतीयहरूले नेपालका प्रहरीमाथि पनि बिनाकारण आक्रमण गरेका थिए । मधेस आन्दोलनमा नेपाल प्रहरीको खोसिएको हतियार अझसम्म फिर्ता नगरिएको सन्दर्भमा नेपाली पक्ष सतर्क र थप आक्रोशित देखिन्थ्यो । ‘मातृभूमिको रक्षाको प्रश्न हो’ स्थानीय युवाहरूको भनाइ थियो । सप्तरीमा भएको उक्त सीमा अतिक्रमणका विरुद्ध सम्पूर्ण नागरिक, दलहरू र प्रशासनमा एउटै धारणा बन्नु र भारतीय अतिक्रमणका विरुद्ध लड्नु नै नेपालीको जित हुनुको एक मात्र कारण हो । मुख्यतः जनदबाबका कारण सबै पक्ष एक ठाउँमा आउन बाध्य भए । कुनैलीबजारमा गएका नेपालीलाई बिहारीले आक्रमण गरेपछि नेपाली झन् आक्रोशित थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :