स्याङ्जा र तनहुँबाट नेकपाका २ कार्यकर्ता गिरफ्तार

रमाकान्त बास्तोला / पोखरा : आइबार करिव दिउँसो २ बजे स्याङजा पुतली बजार नगरपालीका १३ स्थित घरबाट थानेश्वर के.सीलाई प्रहरीले पक्राउ गरेको छ । दियालोे प्राथमिक विद्यालय नजिकबाट ७४ बर्षे के.सी.लाई सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । त्यसैगरी तनहुँबाट आइबारै दिउँसो १ बजे ब्यास नपा २ श्रीटोलबाट रिषिङ गापा ४ बस्ने आदिकवि भानुभक्त क्याम्पसमा पढ्दा नेपाल कम्युनिस्ट पार्टीको पुर्व क्रान्तिकारी विधार्थी सदस्य तथा हाल सक्रिय कार्यकर्ता नरेश वि.क.लाई प्रहरीले गिरफ्तार गरेको हो ।

२०७४ मंसिर ४ गते साँझ ५ २८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :