चितवनमा क्याम्पसबाटै विद्यार्थी पक्राउ

सुसन क्षेत्रि / चितवन : आगामी चुनाब नजिकै जाँदा चितवनका क्याम्पसहरुमा प्रहरीले व्यापक दमन बढाएको छ । खास गरी नेकपाको विद्यार्थी संगठन राम्रो भएको सप्तगण्डकी, वीरेन्द्र र बालकुमारी क्याम्पसमा अनबाश्यक हस्तक्षेप गरी धरपकड गरेको हो । क्याम्पस हाताभित्र, ढुकेर बसि क्याम्पसमा अध्ययन गरी बसी रहेका विद्यार्थीहरुलाई अनवश्यक सोधपुछ गर्ने गरेको अखिल (क्रान्तिकारी) का सप्तगण्डकी अध्यक्ष आक्रोशले बातएका छन् । आइतबार र सोमबार गरी ५ जनालाई अनावश्यक सोधपुछ भन्दै हिरासतमा लगेको उनले जानकारी गराएका छन् ।
पक्राउ पर्नेमा विद्यार्थी दिबस भुशाल, कमल मीश्र, सरोज भट्टराई, केसबराज भट्टराईलागयत ५ जना रहेका छन् । साथै चितवनका अन्य क्याम्पस हरुमा पनि ब्यापक मात्रमा चितवन प्रहरीले धरपकड गरेको भरतपुर का विद्यार्थी इन्चार्ज् सुसन चितुनेले जानएका छन । हिजो मात्र चितवन नेकपा इन्चार्ज् लाल बहादुर बिसी लाई पनि पक्राउ गरेको थियो । चितवनमा चूनाबि बिरोधि कुनै पनि गतीबिधी नहुँदा पनि प्रहरीले अहिले सम्म पार्टी इन्चार्ज सहित ८ जनालाई पाक्राउ गरिसकेको छ ।

२०७४ मंसिर ४ गते दिउँसो १ : ५५  मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :