बारामा उम्मेदवार ओमकृष्ण कार्कीको गाडीमा बम प्रहार

काठमाडौं : देशैभरि उम्मेदवार लक्षित आक्रमणहरु भइरहेका बेला बारामा नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नम्बर ४ (१) का उम्मेदवार ओमकृष्ण कार्कीको चुनाव प्रचारमा प्रयोग भइरहेको स्करपियो साधनमाथि बम प्रहार भएको छ । सोमबार बिहान कार्कीले निर्वाचनमा प्रयोग गरिरहेको बा. १४ च ६३३० नम्बरको गाडीमाथि प्रेसरकुकर बम प्रहार भएको बाराबाट पत्रकार बेद भट्टले जनाएका छन् ।
जिल्ला बन कार्यालय पछाडि चालक राधाकृष्ण शाह ठकुरीको आफ्नै घरमा रोकी राखिएको गाडीमा परिचय नखुलेका ब्यक्तिले बम प्रहार गरेको नेपाली कांग्रेसका नेता हरि थपलियाले पुष्टि गरेका छन् । गाडीमा बम राख्ने व्यक्तिको हालसम्म पहिचान खुल्न सकेको छैन । गाडीमा राखिएको प्रचार सामग्री र सिसामा क्षति भएको छ । इलाका प्रहरी कार्यालय सिमराले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । तुखबरबाट

२०७४ मंसिर ४ गते १० : १४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :