चुनाव खारेजी अभियान र पार्टी नीतिबारे : विप्लव, महासचिव, नेकपा

क्रान्ति विरुद्ध गरिने खेलबाड र गद्दारीले झन ठूलो क्रान्ति र विद्रोह भन्दा अरु केही जन्माउँदैन । जनयुद्ध विरुद्ध गरिएको षड्यन्त्र र गद्दारीले देशलाई अझ शक्तिशाली जनक्रान्तितर्फ लगिरहेको छ । परिस्थिति त्यसैतर्फ गइरहेको छ । बाहिरबाट झट्ट हेर्दा संसदवादी तथा दलाल पुँजीवादी आत्मसमर्पणवादीहरु चुनाव गर्ने र हाम्रो पार्टी चुनाव खारेज गर्ने बीचको अन्तरविरोध जस्तो देखिन्छ । तर यो सारतत्वमा चुनावको मात्र विषय नभएर राजनीतिक दृष्टिले गम्भीर वैचारिक विषय हो । चुनाव गर्न चाहनेको राजनीतिक दृष्टिकोण जनयुद्धलाई विसर्जन गरेपछि पुरानो संसदीय व्यवस्थालाई कायम गर्दै पुँजीवादलाई बलियो बनाउने र हाम्रो पार्टी चुनाव खारेज गर्दै वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने भएको छ । चुनावको पक्षमा रहेकाहरुले झुक्याएर, भ्रम सिर्जना गरेर चुनाव खारेजी जनताको लोकतान्त्रिक अधिकार खोस्ने आरोप लगाएपनि वास्तविकता त्यसको ठीक उल्टो छ । सत्यकुरा जनताको लोकतान्त्रिक अधिकार सुनिश्चित गर्ने र जनविरोधी संसदीय व्यवस्थालाई पुनस्र्थापना गर्न नदिने दृष्टिकोण बीचको संघर्षको विषय हो । त्यसैगरी चुनाव खारेजी अभियान मताधिकारको विरुद्धजस्तो देखिएपनि अथवा संसदवादीहरुले त्यसरी प्रचार गरेपनि यथार्थमा हाम्रो अभियान संसदीय व्यवस्थालाई जनताकै सहभागिताद्वारा खारेज र असफल पार्ने दृष्टिकोण हो । दोस्रो कुरा, चुनाव गर्ने र खारेज गर्ने प्रश्न चुनावमा मतदान गर्ने कि नगर्ने जस्तो देखिएपनि यथार्थमा कस्तो राजनीतिक व्यवस्था निर्माण गर्नेभन्ने राजनीतिक संघर्षको प्रश्न हो । पुँजीवादी दलाल संसदवादीहरुलाई अस्विकार गर्ने र स्विकार गर्ने, वैज्ञानिक समाजवाद स्थापना गर्न चाहने र विरोध गर्ने पक्षहरुका बीचको संघर्ष हो । यो पुँजीवादी शासन व्यवस्थालाई श्रमिक जनताले अस्विकार गर्ने र वैज्ञानिक समाजवादलाई पुँजीपति वर्गले अस्विकार गर्ने परस्पर विरोधी वर्गबीचको संघर्षको विषय हो । सारतत्वमा यो विपरित वर्गहरुबीचको राजनीतिक संघर्ष हो । पुँजीवादीहरुलाई के थाहा छ भने सिधै वैज्ञानिक समाजवादको विरोध गर्नुभन्दा चुनावको बहाना बनाएर जनतालाई वैज्ञानिक समाजवाद विरुद्ध लैजाने चालबाजी प्रभावकारी हुन्छ । हामीले भने त्यसको उल्टो चुनावलाई चुनावकै रुपमा मात्र नभएर राजनीतिक संघर्षको रुपमा प्रस्तुत गर्दै, जनतालाई प्रशिक्षित गर्दै अधिकार र मुक्तिलाई सुनिश्चित गर्ने दिशामा लैजान सकिन्छ भन्ने सोच्छौं । तेस्रो कुरा, चुनाव सम्पन्न गर्ने र खारेज गर्ने प्रश्न दलाल पुँजीपति वर्ग र श्रमिक जनताको राजनीतिक उद्देश्यसँग जोडिएको प्रश्न हो ।

पुँजीवादी र दलाल पुँजीवादीहरुले चुनावको बहाना र माध्यमबाट नेपालमा दलाल पुँजीवादी व्यवस्थालाई संस्थागत र सुदृढ गर्ने उद्देश्य लिएका छन् भने श्रमजीवि जनतालाई हाम्रो पार्टीले चुनाव खारेजीद्वारा दलाल पुँजीवादी व्यवस्थालाई अस्विकार गर्ने र नेपाललाई वैज्ञानिक समाजवाद तर्फ लैजाने उद्देश्य राखेको छ । संसदवादीहरुको जोड जनतालाई वैज्ञानिक समाजवादबाट विमुख गर्नु रहेको छभने हाम्रो पार्टीले दलालहरुलाई नङ्ग्याउने र त्यसलाई वैज्ञानिक समाजवाद तर्फ अग्रसर गराउनु रहेको छ । मानवजातीको वर्गीय समाजको उदयदेखि पुँजीवादी व्यवस्थासम्मको हजारौँ वर्ष लामो यात्रा गर्दा प्रमाणित भएको सत्य के हो भने पुँजीवादी, दलाल पुँजीवादी राज्यव्यवस्था रहेसम्म जनता अधिकार सम्पन्न, स्वतन्त्र र मुक्त हुन सक्दैनन् । देश साम्राज्यवादको मुठ्ठीबाट स्वाधीन हुन सक्दैन । दलाल पुँजीवादी व्यवस्थाभित्र गरिब र पछौटे देशहरु स्वाधीन र समृद्ध हुन सक्दैनन् । जतिसुकै कुतर्क गरेपनि पुँजीवादी व्यवस्थाभित्र समाजमा विभेद, शोषण, दमन र असमानता रहिरहन्छ । मान्छेले मान्छेलाई गर्ने शोषण रहिरहन्छ । त्यसैले समाजलाई समृद्धिमा पु¥याउन वैज्ञानिक समाजवादी व्यवस्था अनिवार्य छ तसर्थ यो चुनावलाई सबै श्रमिक जनता, श्रमिक वर्ग र उत्पीडित जनसमुदायले सशक्त रुपले खारेज गर्ने सोचेका छन् र सोच्नै पर्दछ । चुनावी नाटक मार्फत् संसदीय व्यवस्था लाद्न खोज्ने तत्वहरुलाई प्रतिरोध र जनकार्वाही गर्नुपर्छ । नेपाल र नेपाली जनतालाई नयाँ भविष्य तर्फ अग्रसर गराउने एक मात्र विकल्प वैज्ञानिक समाजवाद हो । त्यसैतर्फ सबै इमान्दार देशभक्त र क्रान्तिकारीहरुले मेहनत गर्नुपर्दछ । हामीलाई थाहा छ की क्रान्ति असफल पारिएपछि अर्को नयाँ क्रान्तिको प्रक्रिया अघि बढेको छ । क्रान्तिपछि क्रान्तिको असफलताले क्रान्तिको अन्त्य गर्ने होइन कि झन ठूलो विद्रोह र क्रान्तिलाई जन्म दिन्छ भन्ने यथार्थलाई यसले सावित गरेको छ । जनक्रान्तिलाई जतिसुकै दमन गरेपनि, दलाल तत्वहरुले जतिसुकै फत्तुर लगाएपनि केही लछारपाटो लगाउन सक्ने छैनन् । उनीहरु जतिसुकै कुर्लेपनि क्रान्तिको प्रवाह रोकिने छैन । क्रान्तिको धक्काद्वारा उनीहरुको अन्त्य अनिवार्य छ । सारमा संसदीय व्यवस्थाको खारेजी र वैज्ञानिक समाजवाद तर्फको यात्रा यसैमा अभिव्यक्त हुन्छ ।

२०७४ मंसिर २ गते अपरान्ह ९ः५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :