तीन वाम मोर्चाबन्दी गर्दै

biplav-kiran-mbराष्ट्रियता, जनतन्त्र र जनजीविका सङ्कटतिर धकेलिएको र सडक तथा सदन प्रतिपक्षीविहीन अवस्थामा भइरहेको समयमा तीनवटा वामपन्थी तथा कम्युनिस्ट दलहरू कार्यगत एकता गर्ने निर्णयमा पुगेका छन् । विप्लव नेतृत्वको नेकपा (माओवादी), किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) का बीचमा राष्ट्रिय स्वाधीनताको रक्षा, महँगीरूपी राज्य आतङ्क र सरकारी फासिवादी यात्राका विरुद्ध एकमहिने सङ्घर्षका कार्यक्रमहरू तय गरेर मोर्चाबन्दीको सुरुआत गरिएको छन् ।
पुस १ गते नेकपा (मसाल) को बागबजारस्थित केन्द्रीय कार्यालयमा बसेको तीन घटकका नेताहरूको बैठकले एकमहिने संयुक्त सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक गरेको हो । बैठकले राष्ट्रघाती अरुण तेस्रो सम्झौता, विराटनगरस्थित भारतले जबर्जस्ती कायम राखेको ‘जासुसी कार्यालय’ राष्ट्रघाती माथिल्लो कर्णाली परियोजना र सरकारको निर्देशनमा आयल निगमद्वारा हालै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि लक्षित छन् । जनताका मौलिक हक तथा राष्ट्रियतामाथि गम्भीर सङ्कट पैदा हँुदासमेत सडक प्रतिपक्षीविहीन, सरकोकारहीन भएको भन्दै चिन्ता व्यक्त भइरहेको अवस्थामा यसप्रकारको मोर्चाबन्दीलाई सर्वत्र सकारात्मक दृष्टिले हेरिएको छ ।
karyakramरणनीतिक तथा कार्यनीतिक दृष्टिले गम्भीर मतभेद र विभाजित मनोविज्ञान भए पनि मोर्चाबन्दीको निर्णय गरेका यी दलहरूका बीचमा माक्र्सवादका आधारभूत प्रश्न र माओवादका सन्दर्भमा आधारभूत समानता देखिन्छ । बढ्दो महँगी, भारतीय दादागिरी, अतिक्रमण आदिका कारण देशभक्त शक्तिहरूमाथि बढ्दो जनदबाबले पनि उक्त मोर्चाबन्दी गर्न ती दलहरूलाई प्रेरित गरेको देखिन्छ । दलाल पुँजीवाद र त्यसको मुख्य प्रतिनिधि दल नेपाली काङ्ग्रेस तथा दलाल प्रवृत्तिका विरुद्ध अन्य सबै दल र शक्तिहरूसँग कार्यगत एकता गर्ने नेकपा (माओवादी) को घोषित नीतिका कारण पनि त्यसप्रकारको मोर्चाबन्दी सम्भव भएको ठानिन्छ । नेकपा (माओवादी) ले वामपन्थी दलहरूबीचको असहिष्णुतालाई सामान्यीकरण गर्दै प्रधान दुस्मनका विरुद्ध प्रहारको तारो सोझ्याउँदै गएको देखिन्छ ।
मोर्चाबन्दीमा जुटेका दलहरूले आगामी वर्ष विश्वभरि मनाउन लागेको अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र २०७४ वैशाख ९ मा नेकपा स्थापना दिवस संयुक्त रूपमा मनाउने निर्णयसमेत गरेका छन् । मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’ र विप्लवद्वारा शुक्रबार जारी संयुक्त विज्ञप्तिमा उक्त जानकारी गराइएको थियो । यसप्रकारको मोर्चाबन्दीले क्रान्तिकारी ध्रुवीकरणमा पनि सकारात्मक प्रभाव पार्ने नेताहरूको बुझाइ छ ।
यसैबीच पुस ५ गते अपरान्ह नेकपा (मसाल)को कार्यालयमा बसेको तीन दलका प्रमुख नेताहरुको बैठकले पुस १६ देखि २९ गतेसम्मका संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :