पहिलो दिनको आधारभूत सञ्चार तालिम सम्पन्न

काठमाडौंः रातो खबर प्रकाशनगृहको आयोजनामा काठमाडौंमा सुरु भएको तीन दिने आधारभूत सञ्चार तालिमको पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आरम्भ गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले जनपक्षीय सञ्चारकर्मीले आफ्नो वर्ग, राष्ट्र र वर्ग संघर्षलाई केन्द्रमा राखेर पत्रकारिता गर्नुपर्ने बताउनुभयो । कार्यक्रम संयोजन गरिरहनु भएका प्रकाशनगृहका निर्देशक अनिल शर्माले ३ दिनसम्म सञ्चालन हुने तालिमपछि जनपक्षीय सञ्चार शक्ति बलियो हुने धारणा व्यक्त गर्नुभएको थियो । तालिममा पहिलो प्रशिक्षकका रुपमा युवा पत्रकार उजिर मगरले प्रशिक्षण दिनुभयो । उहाँले पत्रकारिता र रिपोर्टिङका समग्र पक्षहरुमाथि चर्चा गर्दै समाचार लेखनको तरिका र महत्व सिकाउनुभयो । दोस्रो प्रशिक्षकका रुपमा विनोद भट्टराईले अनलाइन मिडिया यसको भविष्य विषयमा प्रशिक्षण दिनुभयो । तेस्रो प्रशिक्षकका रुपमा क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष प्रभात चलाउने पत्रकारिताको आधारभूत तरिकाको विषयमा प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिनुभयो । चौथो प्रशिक्षक अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले ‘सञ्चार/पत्रकारितामा कला–सौन्दर्य’ विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा रातो खबरका सम्पादक अशोक सुवेदी र प्रबन्धनिर्देशक भीम चापागाईं पनि सहभागी हुनुहुन्छ । तालिममा विभिन्न जिल्लाका २५ जना संवाददाता र प्रकाशनगृहका सदस्यहरुको सहभागिता रहेको छ ।

२०७४ कात्तिक ११ गते अपराह्न ४ : ४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :