भोजपुरामा जनसरकार पुनर्गठन

रातोखबर सम्वाददाताः भोजपुरा स्यायत्त प्रदेश जनप्रतिनिधिसभाको दोस्रो भेला असोज २९ र ३० गते वीरगन्जमा सम्पन्न भएको छ । नेकपाको नारायणी ब्युरोअन्तर्गत बारा, पर्सा र रौतहट तीन जिल्ला (बागमती नदी र नारायणी नदीबीचको तराई) लाई भोजपुरा प्रदेश मानिएको छ । यहाँ भोजपुरी भाषा र संस्कृतिबहुल समाज छ । भेलाले ३५ सदस्यीय जनप्रतिनिधिसभा र ११ सदस्यीय जनपरिषद् गठन गरेको छ । भेलाको उद्घाटन परिषद्का उपाध्याक्ष पदम राईले गरेका थिए । उपस्थित परिषद् सदस्यहरूलाई जनप्रतिनिधिसभाकी सभामुख उमा भुजेल र नेकपा नारायणी ब्युरो इन्चार्ज मिलनले प्रशिक्षण दिएका थिए । भेलाको अध्यक्षता भोजपुरा जनपरिषद्का प्रमुख विगाप्रसाद चौरसियाले गरेका थिए भने सञ्चालन सञ्जीवनीले गरेका थिए ।

२०७४ कात्तिक २ गते अपरान्ह २ः०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :