नागरिक समुहले अक्टोबर क्रान्ति शतबार्षिकी मनाउँने

काठमाडौंः नागरिक समुहले अक्टोबर क्रान्ति शतबार्षिकी समारोह मनाउने घोषणा शनिबार काठमाडौंस्थित ल क्यम्पसमा गरेको छ । कार्यक्रममा अक्टुबर क्रान्ति शताब्दी वर्ष उत्सवको उपलक्ष्यमा अपिलसमेत वाचन गरेका थिए । सो भेलाको सञ्चालन भने सरद पौडेल र मुरारी अर्यालले पालैपालो गरेका थिए । भेला आयोजक समितिको असोज ७ गते बसेको भेला आयोजक समितिले भेला आयोजना गरेको थियो । भेला आयोजक समितिले शनिबारै उक्त मुलसमारोह समिति ८८ जना चयन गरेको छ भने मुल समारोह समितिले २५ सदस्यीय सचिवालय समिति पनि चयन गरेको छ । 

सचिवालय सदस्यहरुमा सोनाम साथी, शारदारमण नेपाल, सरद पौडेल, मातृका पोखरेल, उषा तिवारी, रघु घिमिरेलगायत रहेका छन् । उक्त भेलाले ‘अक्टोबर क्रान्ति शतबार्षिकी समारोह नागरिक समुह’ गठन गरेको छ । समुहले बार्षिक कार्यक्रमसमेत घोषणा गरेको जानकारीे समितिका एक सदस्यले सरद पौडेलले बताएका छन् ।

२०७४ असोज २८ गते बेलुका ८  : ५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :