प्रहरी दिवसकै दिन सुकुमबासीमाथि प्रहरी ज्यादती

रमाकान्त बास्तोला / पोखरा : पोखरा लेखनाथ महानगरपालिका–१५, मजुवास्थित सुकुमबासी बस्तीमा प्रहरी दिवसकै दिन सुकुमबासीमाथि शुक्रबार प्रशासनले डोजर चलाएको छ । बस्तीमा डोजर लगाएपछि बस्तीका मानिसको चिल्लीबिल्ली भएको छ । प्रहरीले १५ जनालाई गिरफ्तार गरेको छ ।
गिरफ्तारीमा पर्नेहरूमा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य एवम् कास्की जनसरकार उपप्रमुख रामकाजी गुरुङका साथै दुई महिलासहित १५ जना छन् । गिरफ्तार गरिएकाहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको हाम्रा पोखरा संवाददाताले जनाएका छन् ।

२०७४ असोज २७ गते अपरान्ह ५ : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :