प्रगतिशिल विवाह सम्पन्न

काठमाण्डौ , रातोखबर संम्वाददाता झनक श्रेष्ठ र विपना ओली आज एक समारोहका बिच बैवाहिक सम्बन्धमा गासिएका छन् ।

राजधानीमा भएको प्रगतिशिल बिवाह समारोहमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले टिका लगाएर शुभकामना दिनु भएको छ । कार्यक्रममा शुभकामना मन्तव्य दिदै महासचिव विप्लवले समाजको गतिसँगै क्रान्तिको बाटोमा निरन्तरता दिन अनुरोध गर्नु भयो ।

कार्यक्रममा नेकपाका स्थाई समिती सदस्य हेमन्तप्रकाश ओली ,सन्तोष बुढा ,सल्लाहकार समिती अध्यक्ष इश्वरी दाहाल असारे काकालगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

रातोखबर प्रकाशन गृहका निर्देशक अनिल शर्माको अध्यक्षतामा सम्पन्न सो समारोहमा रातोखबरका निर्देशक भिम चापागाईले स्वागत मनतव्य दिनु भएको थियो । कार्यक्रममा सहभागीहरुले वर–वधुलाई टिका लगाएर शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :