बीपी अस्पताल बचाउन धरानबासी अख्तियारमा

घनश्याम ढकाल / इटहरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अनियमितता र व्यापक राजनीतिक हस्तक्षेप बढेको पाइएका कारण त्यसका विरुद्ध धरानबासी तथा विभिन्न क्षेत्रले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएका छन् । शुक्रबार धरान एकता समाज, नेपाल औषधि व्यवसायी सङ्घ कोसी अञ्चल एकाइ समिति धरानका पदाधिकारीसहित धरानबासी अख्तियारको इटहरीस्थित सम्पर्क कार्यालय पुगेर ज्ञापनपत्र बुझाउँदै अनियमितता र राजनीतिक हस्तक्षेप तत्काल रोक्न माग गरेका हुन् । बीपी प्रतिष्ठान धरानेहरूको मात्र सम्पत्ति नभई देशकै सम्पत्ति भएकाले यसको रक्षार्थ धरानेहरू सदैव एकजुट हुने कुरा उल्लेख गर्दै अख्तियारले तत्काल राजनीतिक हस्तक्षेप रोक्नुपर्ने उनीहरूको माग । एकता समाजका संरक्षक सन्दीप श्रेष्ठले ‘बीपीमा भएको अनियमितता र हस्तक्षेपका विरुद्ध अख्तियारले कारबाहीप्रक्रिया अगाडी नबढाए धराने जनता आफैँ अघि सर्ने र यसप्रकारका हस्तक्षेपको सधैँ विरोध गरिरहने’ बताएका छन् ।

२०७४ असोज ४ गते ७ : ३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :