लमजुङमा जनसत्ताद्वारा जग्गा कब्जा

काठमाडौं : लमजुङ जनपरिषदले मध्यनेपाल नगरपालिका ४ (साविक रम्घा–७), स्थित वगैचा स्थानमा लेखनाथ अधिकारीको जग्गा कब्जा गरेको छ । आइतबार एक प्रेस विज्ञप्तिमार्फत परिषदले उक्त खुलासा गरेको हो । लेखनाथ अधिकारीले आफू तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य, जिल्ला पञ्चायत सभापति हुँदा र शक्तिकोे चरम दुरुपयोग गरि त्यस क्षेत्रको करिब ४२ रोपनी क्षेत्रफल जग्गाको स्वमित्व आफू र एकाघरका सदस्यहरुको नाममा अवैधानिक तवरबाट दर्ता कायम गरेको आरोप जनसत्ताले लगाउदै आएको बताइएको छ ।
२०७४ असोज २ गते  ७ : ५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :