सच्चा क्रान्तिकारी शक्तिसँग मात्र पार्टी एकता गछौं : किरण

काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ले पार्टी एकताको लागि विप्लवसँग विशेष छलफल भइरहेको भैरहेको बताउनु भएको छ । बुटवलको एक कार्यक्रममा शनिबार बोल्दै अध्यक्ष वैद्यले यस्तो कुरा बताउनु भएको हो । उहाँले क्रान्तिको पक्षमा रहेका र सच्चा क्रान्तिकारी पार्टीबीच एकता हुन सक्ने भन्दै नेपालमा पुनः क्रान्ति गर्ने पक्षमा रहेको र सच्चा क्रान्तिकारी शक्तिसँग मात्र पार्टी एकता हुन सक्छ, त्यसको लागि विप्लवजी र अन्य शक्तिसँग छलफल भइरहेको बताउनु भयो । पार्टीका कार्यक्रममा भाग लिन बुटवाल पुगेका अध्यक्ष वैद्यले देश काँग्रेस, एमाले र माकेको सिण्डिकेटमा चलेको,  अहिलेको राज्यसत्ता पश्चगामी भएको बताउनुभयो ।

२०७४ असोज १ गते ११ : ४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :