कैलालीमा ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाइयो

कैलालीमा ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाइयो

धनगढी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला सङ्गठन, नेपालले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाएको छ । सङ्गठनको ७ नं. समितिको आयोजनामा शुक्रबार गोदावरीको अत्तरियामा नारा जुलुस प्रदर्शनसहित विशेष कार्यक्रमको आयोजना गरी ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा सम्पन्न गरेको हो ।

कार्यक्रममा पार्टीको ७ नं. प्रदेश संयोजक महान, प्रदेश कार्यालय सचिव सङ्घर्ष महिला नेतृ पार्वती तथा कैलाली जिल्ला संयोजक प्रकाश रावलले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्वको विषयमा प्रकाश पार्नुका साथै शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा अतिथि प्रदेश कार्यालय सचिव सङ्घर्ष, जिल्ला संयोजक प्रकाश, समुन्द्र, केशव, टंक, प्रदेश सदस्यहरू शंकर, लोकेन्द्र, जिवन, लगायतको उपस्थिति रहेको थियो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सचिवालय सदस्य ७ नं. प्रदेश संयोजक महानको विशेष आतिथ्यता र सङ्गठनको पूर्व केन्द्रीय उपाध्यक्ष पार्वती सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता सङ्गठनकी केन्द्रीय सदस्य मिनाले गरेकी थिइन् भने स्वागत मन्तव्य सङ्गठनकी प्रदेश सदस्यह रूवाले गरेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन सङ्गठनकी महिला नेतृ जानकीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :