भष्ट्राचार बिरुद्धको सङ्घर्ष तीब्र बनाउने क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

भष्ट्राचार बिरुद्धको सङ्घर्ष तीब्र बनाउने क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भष्ट्राचार बिरुद्धको सङ्घर्ष तीब्र बनाउने चेतावनी दिएको छ । पार्टीको रामग्राम नगर सङ्गठन समितिले सोमबार परासीमा आयोजना गरेको २९ औँ जनयुद्ध दिवस बिशेष कार्यक्रममा उक्त चेतावनी दिएको हो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्रबहादुर थापाले भष्ट्राचार तथा कमिसनखोरीका बिरुद्धको सङ्र्घषलाई घनिभूत पार्ने बताए । उनले दलाल सत्ता र संसदीय ब्यवस्थालाई जरैदेखि नफालेसम्म सङ्घर्ष जारी रहने दावी गरे । ‘हामी जिल्लाब्यापी रूपमा सङ्घर्षको तयारीमा छौँ, भष्ट्राचार बिरुद्धको सङ्घर्ष तीब्र हुँदै गएको छ ।’ उनले भने,  ‘यो दलाल संसदीय ब्यवस्थाबाट जनता आजित भएका छन् । यसको बिकल्पमा नयाँ जनवाद हुँदै बैज्ञानिक समाजवादमा जाने हाम्रो लक्ष्य छ ।’

कार्यक्रममा पार्टीका अर्का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले आत्मसङ्घर्ष, अन्तरसङ्घर्ष र वर्गसङ्घर्ष पार गर्दै आन्दोलन अगाडि बढिरहेको उल्लेख गरे । उनले गाउँघरमा भएका बिकृति बिसङ्गति मात्र नभई भष्ट्रहरूको सही तथ्याङ्क ल्याउन नेता कार्यकर्तालाई निर्देशन दिए । ‘जनतालाई दुःख दिने हरेक ब्यक्तिको रेकर्ड पार्टीमा बुझाउनुस् , चाहे त्यो कर्मचारी होस् वा जनप्रतिनिधि किन नहोस् जनपीडकका बिरुद्ध हाम्रो सङ्घर्ष जारी रहनेछ, उनले भने । त्यस्तै कार्यक्रममा युवा तथा विद्यार्थी सङ्गठन देशैभरले गर्दै आएको भष्ट्रचारीलाई कालोमोसो अभियानलाई जिल्लामा विस्तार गर्नुपर्ने नेता कार्यकर्ताले माग गरेको पार्टी सम्बद्ध स्रोतले बताएको छ ।

सो कार्यक्रममा पार्टीका प्रदेश सदस्य तथा रामग्राम इन्चार्ज जयफुल्लाह हसनको अध्यक्षता, प्रदेश सदस्य एवम् नगर संयोजक सुर्यप्रसाद सापकोटाको सञ्चालनमा भएको थियो । कार्यक्रमपछि सम्पन्न नगर सङ्गठन समितिको बैठकले पार्टी नगर सहसंयोजकमा अरुण र सदस्यमा आकाशलाई थप गरेको नगर इन्चार्ज हसनले जानकारी दिए । उक्त पार्टी तथा पार्टी निकट जन सङ्गठनहरूले देशैभर कालोमोसो अभियान तीब्र समेत बनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :