क्रान्तिकारी युवा सङ्गठनले भ्रष्ट सचिवलाई कालोमोसो र जुत्ताको माला लगाए (भिडियोसहित)

क्रान्तिकारी युवा सङ्गठनले भ्रष्ट सचिवलाई कालोमोसो र जुत्ताको माला लगाए (भिडियोसहित)

काठमाडौंँ : मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रन्तिकारी युवा सङ्गठन, नेपाल ७ नम्बर प्रदेश समितिले डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर तीनस्थित चौड सिचाँई कुलो उपभोक्ता समितिमा आर्थिक अनियमितता गरेको आरोपमा सचिव जयसिंह महरलाई कालोमोसो दलि जुत्ताको माला लगाएर जनकारवाही गरेको छ ।

स्रोतका अनुसार उपभोक्ता समितिमा भ्रष्टचार गरेको, बिल बढाएर सामान खरीद्मा आर्थिक अनियमितता गरेको, फर्जि बिल हालेको आरोप तथा जनगुनासो आएपछि उपभोक्ता समितिका सचिव जयसिंह महरलाई कालोमोसो दलि जुत्ताको माला लगाएर जनकारवाही गरेको हो । पछिल्लो समयमा जनप्रतिनिधिको मिलेमतोमा उपभोक्ता समितिमा ब्यापक भ्रष्टचार हुँदै आएको जनगुनासो छ ।

क्रन्तिकारी युवा सङ्गठन ७ नम्बर प्रदेशले भ्रष्टचारमा संलग्न कर्मचारी, जनप्रतिनिधिलाई पहिलो चरणमा चेतावनी स्वरूप कालोमोसो दल्ने, जुत्ताको माला लगाउने र फेरी पनि नसुध्रीय भौतिक जनकारवाही गर्न बाध्य हुने स्रोतले जानकारी दिएको छ । कानुनी रूपमा कालोमोसो दल्नु, जुत्ताको माला लगाउनु गैरकानुनी भए पनि आम नागरिकले भने क्रन्तिकारी युवा सङ्गठन ७ नम्बर प्रदेश समितिले गरेको कार्य समाज सुधारको लागि सही गरेको प्रतिक्रिया दिने गरेका छन् ।

पछिल्लो समयमा स्थानीय, प्रदेश र सङ्घीय योजना वा कुनै कर्मचारी बढुवा, सरुवा र भर्नामा आर्थिक चलखेल ब्यापक हुने गरेको जनगुनासो बढ्दै गएको छ । स्थानीय र प्रदेश सरकारका प्रतिनिधि भ्रष्टचार र आर्थिक अनियमितता भएको र गरेको ब्यक्ति वा संस्थालाई कारवाही गर्नुको साटो उल्टै कमिशन असुल्ने गरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :