क्रान्तिकारी कम्युनिस्ट पार्टीले न्यौपानेबारे छानवीन पश्चात् सत्यतथ्य जानकारी गराइने

क्रान्तिकारी कम्युनिस्ट पार्टीले न्यौपानेबारे छानवीन पश्चात् सत्यतथ्य जानकारी गराइने

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टीका केन्द्रीय सचिवालय सदस्य भूपेन्द्र न्यौपानेलाई आरोपित गर्दै सार्वजनिक भएका केही विषयमाथि दिइएको निवेदनबारे सम्बन्धित निकायद्वारा छानवीन भइरहेको जानकारी गराएको छ ।

पार्टी प्रवक्ता कञ्चनले सोमबार प्रेस वक्तव्यमार्फत भूपेन्द्र न्यौपानेलाई आरोपित गर्दै सार्वजनिक भएका केही विषयमाथि पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । साथै उनले उक्त विषयबारे छानवीन पश्चात् प्राप्त सत्यतथ्यका आधारमा आवश्यक जानकारी गराइने बताए ।

पार्टी प्रवक्ता कञ्चनले प्रेस वक्तव्यमा भनेका छन्, ‘हालै हाम्रो पार्टीका केन्द्रीय सचिवालय सदस्य क. भूपेन्द्र न्यौपानेलाई आरोपित गर्दै सार्वजनिक भएका केही विषयमाथि पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा सम्बन्धित व्यक्तिहरुद्वारा दिइएको निवेदनबारे पार्टीको सम्बन्धित निकायद्वारा छानवीन भइरहेको छ ।’

प्रवक्ता कञ्चनले वक्तव्यको अन्त्यमा भनेका छन्, ‘छानवीन पश्चात् प्राप्त सत्यतथ्यका आधारमा सो विषयबारे आवश्यक जानकारी गराइने छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :