मोहन ओझालाई अविलम्ब रिहा नगरे कडा संघर्षमा उत्रने क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

मोहन ओझालाई अविलम्ब रिहा नगरे कडा संघर्षमा उत्रने क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

बिराटनगर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल १ नम्बर प्रदेश संगठन समितिका सदस्य मोहन ओझालाई विनाकारण प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनकुटा बजारस्थित उहाँकै निवासबाट २४ गते विहान ९ बजे पक्रउ गरी हिरासतमा राखेको सम्बद्ध पार्टीले जानकारी दिएको छ ।

ओझाको गिरफ्तारी पछि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश १ का संयोजक संकुलले एक प्रेस विज्ञप्ति जारी गर्दै राज्यको यो कदमलाई राज्य शक्तिको बलमा निर्दोष नागरिकहरूमाथि जबर्जस्त रुपमा लादिएको ज्यादती र आतंकको संज्ञा दिनुभएको छ र पार्टीका नेता तथा कार्यकर्तामाथि अनाहकमा दमन गर्ने कुचेष्टा गरे प्रतिरोध गर्न बाध्य हुने चेतावनी दिनुभएको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ, “कठ्पुतली सरकार र प्रहरीको निरंकुशतावादी हर्कत्को हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ । साथै गिरफ्तार गरिएका कमरेड मोहन ओझालाई अविलम्ब रिहाइ गर्न सरकारसँग जोडदार माग गर्दछ । अन्यथा पार्टी कडा संघर्षमा उत्रन बाध्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :