अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासङ्घ, भक्तपुरको एकता अधिवेशन सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासङ्घ, भक्तपुरको एकता अधिवेशन सम्पन्न

भक्तपुर : अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासङ्घ, भक्तपुरको एकता अधिवेशन सम्पन्न भएको छ । एकता अधिवेशनमा प्रमुख अतिथि महासङ्घका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ३ को संयोजक कमरेड कुमार घतानीले मसाल बालेर उद्घाटन गर्नु भएको थियो । अधिवेशनले आकाशको संयोजकत्वमा १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता महासङ्घको जिल्ला इन्चार्ज  बिसालले गर्नु भएको थियो भने  सन्चालन महासङ्घको जिल्ला सहसंयोजक  क्षितिजले गर्नु भएको थियो । महासङ्घको जिल्ला संयोजक स्वागत मन्तव्य राख्नुभएको थियो । महासङ्घको केन्द्रिय सदस्य  जिरामले शुभकामना मन्तव्य राख्दै श्रमजिवि मजदुर एकढिक्का भएर लागेमा मात्र मजदुरको माग पुराहुने बताउनु भयो । त्यस्तै महासङ्घको ३ न. प्रदेश सहसंयोजक सरोजले महासङ्घको केन्द्रीय सर्कुलर वाचन गर्दै महत्वोपुर्ण नीतिगत भनाइहरु राख्नु भयो । त्यसैगरी प्रमुख अतिथी महासङ्घका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ३ को संयोजक कुमारले मजदुरका समस्याहरु हल गर्न र जायजमागहरु पुरागर्नका निम्ति महासङ्घले महत्वपुर्ण भुमिकाखेल्ने बताउनु भयो ।

त्यसैगरि विशेष अथिती क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशन आयोजक सदस्य तथा भक्तपुर जिल्ला संयोजनक रोजनले मजदुरको समस्या हल गर्न श्रमिक मजदुर सर्वहारा वर्गको अधिनायकत्व सहितको राज्यसत्ता चाहिने त्यस्को लागि अहिले यो दलाल संसदीय पुजीवादी व्यवस्थाको अन्त्य गरि जनवादी गणतन्त्र सहितको बैज्ञानिक समाजवाद स्थापना गर्नु पर्ने र त्यो व्यवस्थाले मात्र शोषित उत्पीडित श्रमजीवी वर्गीय मुद्दा हल गर्ने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने बताउनु भयो । उहाँले सबैमजदुरहरू क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको झण्डा मुनि गोलवन्द हुनु पर्ने बताउदै माक्र्सवादी बौद्धिक हतियार लाई भौतिक हतियारमा रूपान्तरण गर्ने भनेकै सङ्गठन भएकाेले सबै क्रान्तिकारी बिचार बोकेका बुद्धिजीवी, श्रमजीवी मजदुर उत्पीडित जनसमुदाय सबैलाई पार्टीमा गोलवद्द हुन आह्वान गर्नु भयो । त्यसै गरि पार्टी महाधिवेशन आयोजक समिति सदस्य तथा भक्तपुर जिल्ला सहसंयोजक  बिवेकले काम गरिखाने श्रमजीवी बर्ग र बसिखाने बर्ग  भएकाे हुँदा बसिखाने शोषण गर्ने लुटपाट गर्ने श्रमजीवी मजदुर माथी अन्याय अत्याचार गर्नेको विरुद्ध लड्ने सङगठन भनेको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ भएकाे बताउनु भयाे । अन्तमा कार्यक्रमका अध्यक्ष कमरेड बिसालले कार्यक्रममा उपस्थिति  सबैलाई धन्यवाद दिदै समापन गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :